माओवादीको महासचिवको बाजी देव गुरुङले मार्दै

राजनीति समाचार

काठमाडौं । विगत ८ महिनादेखि ठन्किएर बसेको माओवादी केन्द्रको पदाधिकारी चयन यहि भदौ ३ गते बस्ने स्थायी समितिको बैठकले टुङ्गो लगाउने भएको छ । गत पुष ११ गते देखि १८ गते सम्म बसेको स्थायी समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाललाई चयन गरेको थियो । माओवादी केन्द्रको विधानअनुसार पदाधिकारी र पोलिब्युरो तथा स्थायी समितिको गठन अध्यक्षको सिफारिसमा केन्द्रीय कार्यसमिति गर्ने प्रावधान रहेको छ ।

तर, विभिन्न कारण र वहाना बनाउँदै अहिले सम्म माओवादी केन्द्रले पदाधिकारी चयन गर्दै कार्यसमितिलाई पुर्णता दिन सकेको छैन । अझै पदाधिकारीमा संख्या टुङ्गो लाग्न सकेको छैन । माओवादी विधानले १ जना वरिष्ठ उपाध्यक्ष र १ जना महासचिव निश्चित रहेको भएपनि अन्य पदाधिकारी भने अध्यक्षको सिफासिमा केन्द्रीय कार्य समितिले टुङ्गो लागउनु पर्दछ । आज बस्ने स्थायी समितिको बैठकले महासचिवका सम्बन्धमा गर्ने निर्णयलाई यो पार्टीका तमाम कार्यकर्ताले उत्सुकताका साथ बसेका छन् ।

पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको चयन भइसकेको र पार्टी प्रवत्ताको जिम्मेवारी कृष्णबहादुर महराले समालिरहेको अवस्थामा सबैको ध्यान केन्द्रीत रहेको छ । अहिलेसम्म महासचिवको प्रतिप्रर्धामा जनार्दन शर्मा र बर्षमान पुन सबभन्दा अगाडी छन् । तर, हाम्रा समाचार सुत्रका अनुसार महासचिवको बाजी भने देव गुरुङले मार्ने स्थिति बनेको छ । माअ‍ोवादी केन्द्रको केन्द्रिय कार्यसमितिमा ३४१ जना सदस्य रहन्छ भने पोलिब्युरोमा १२५ र स्थायीसमितिमा ४३ जना सदस्य रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *