किन हुन्छ सुनको मूल्य तलमाथि ? सुन सक्कली कि नक्कली ?

समाचार

काठमाडांै । सरकारले विदेशबाट आयात गर्ने वस्तुमा कडा गरेपछि नेपालमा सुनको व्यापार घटेको छ । नेपालीले सुन किन्दा ९५–९६ हजारसम्ममा सुन बेच्दै आएका छन् । त्यो बढी सुन व्यापारीले बढी मूल्य लिएर व्यापार गर्न पाउँदैनन् । तर, होलसेलमा किन्दा होलसेल व्यापारीले ३ हजारदेखि ४ हजारसम्म सस्तोमा दिनिे गरेका छन् । सुन व्यापारीले बढी मूल्यमा बेच्न पाउने गरेका छैनन् । व्यापारीले ९५ हजार ८ सयमा सुनव्यापारीले सुन बेच्न पाउने गरेका छन् । अहिले अधिकांश सुन भारतबाट तस्करी हुनेगरको छ । सुनव्यापारीले प्रशस्त सुन बेच्न पाएका छैनन् । अधिकांश सुन भारततिर तस्करी हुने गरेको बताइन्छ । सुन तस्करीले लुकीछिपी सुन तस्कर गरिरहेको स्रोतको भनाइ छ । नेपालका विभिन्न नाका प्रयोग गरी सुन तस्करी हुने गरेको छ । बल्लतल्ल प्रहरीले सुन तस्करीलाई समातिहाले पनि सबै नक्कली सुन समाउने गरेको छ । बजारमा कतिपय नेपालीले सुन किन्दा ठगिने गरेका घटना पनि धेरै छन् । हेर्दा सक्कली र नक्कली उस्तै रहने गरेका छन् । सुन किन्ने ठगिने गरेकाले होलसेलमा सुन किन्दा बिल दिने गर्दैनन् । सुनव्यापारीले भन्दा सुन होलसेल गर्ने व्यापारीले तोलामा ३ हजारदेखि ४ हजारसम्म सस्तोमा बिक्री वितरण गर्दै आएका छन् । नेपालीले सुन किन्दा रसायनदेखि जर्तीसम्मको मुूल्य तिर्नुपर्छ । अधिकांश नेपालीले आपूmले किनेको सन घरायसी समस्या पर्दा बेचविखन होस् या बन्दकी राख्दा सुन पसलेले सुनमा लगाएको जर्ती र रसायन कटाएर किनेको मूल्य भन्दा धेरै कम रकम दिने गर्दछन् । यसरी सुनव्यापारीले धेरै नेपालीलाई ठग्दै आएका छन् । अहिलेसम्म सुनव्यापारीले नेपालीलाई कति ठगिराखेका छन् । यसतर्पm कुनैपनि निकायले छानविन गरेको छैन । बजारमा नक्कली सुनको व्यापार फस्टाइरहेको छ । भित्री रुपमा सुनव्यापारी, तस्कर र प्रहरीको मिलेमतोमा सुन तस्करी हुने गरेको स्रोतको ठम्याइ छ । व्यापारीले काँचो सुन ल्याएर पगालेर रसायन राखेर बच्ने गर्दछन् । यसतर्पm सम्बन्धित निकाय कुनै छानविन गरेको छैन । कतिपय सुनव्यापारीले पुृरानो सुन सस्तोमा किन्ने र गालेर २ नम्बरको सुन १ नम्बर बनाएर विक्री गरिराखेका छन् । १ नम्बरको सुन भन्दै जर्ती र रसायन राखेर बिक्री वितरण गरेको पान्छ । सुनव्यापारीले कस्तो सुन व्यापार गरेका छन् भनेर कुनै निकायले अनुगमन गरेको छैन । कतिपय सुनव्यापारीले व्यारको नाममा सुन तस्करी गरिराखेका छन् । तर, राज्य पक्ष भने मुकदर्शक भएर बसेको छ । सरकारले विदेशबाट आउँदा कतिपय नेपालीले सुनको सिक्री, औठी लगाएर स्वदेश आउने गरेका छन् । तर, अधिकांश नेपालीले सुनव्यापारीको सुन लाउने गरेको बताइन्छ । कतिपय नेपाली विदेशमा बसेर स्वदेश फर्कँदा लगामा सिक्री, हातमा औठी लगाएर आउने गर्दछन् । विदेशमा बस्ने नेपाली र सुनव्यापारीको समन्वयकारी रहेका कारण नेपालमा सुन ल्याउने गरिन्छ । अधिकांश सुनव्यापारीले एयरपोर्ट भन्सारभित्र रहेका भन्सार एजेन्ट र सुनतस्करको मिलेमतोमा भन्सार एजेन्ट र कार्गो सञ्चालन गरेका हुन्छन् । मोबाइल, घडी, सुटकेस, तयारी सामान विदेश बस्ने व्यक्तिले पठाउँदा भन्सार एजेन्ट, कार्गो सञ्चालक र प्रहरीको मिलेमतोमा एयरपोट भन्सारबाट सामान पास गरिन्छ । यस्तै विभिन्न भन्सार एजेन्ट र कार्गो सञ्चालन गर्ने व्यक्तिले सेटिङ्ग मिलाएर सामान सप्लाई गर्ने गरेका छन् । यसरी उनीहरुले बीचमा कमिसन खाने गरेका छन् । विदेशबाट आउने ल्याएको एउटा मोबाइल भन्सार एजेन्टले पास गराए बापत त्यसको मूल्य हेरी कमिसन लिने गर्दछन् । यसरी हरेक दिन भन्सार छलेर ल्याएका मोबाइल सेट पास गराइन्छ । यतातिर एयरपोर्ट भन्सारका कर्मचारी र प्रहरीले आँखा चिम्लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *