पर्यटन व्यवसायलाई प्रतिस्पर्धी, स्वच्छ, व्यावसायिक बनाउन कटिबद्ध छौं

अन्तरवार्ता पर्यटन

निलहरि बास्तोला
अध्यक्ष प्रत्यासी, टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान )को निर्वाचन मिति नजिकि“दै गएको छ । टानले आगामी श्रावण ३० गते साधारणसभा तथा निर्वाचन मिति तोकेको छ । हाल अध्यक्षका प्रत्यासी रहेका नामहरू हुन राजेन्द्रप्रसाद सापकोटा, राम प्रसाद सापकोटा(कमल), निलहरी बास्तोला र बोधराज भण्डारी । तर निर्वाचन हुन एक साता मात्र बा“की रहेता पनि कुनै पनि समुहले आफ्नो प्यानल तयार पार्न सकेका छैनन् । जसमा भण्डारीले आफुलाई साझा उम्मेदवार बताउ“दै आएका छन् भने निलहरी बास्तोला कांग्रेस निकट, राजेन्द्रप्रसाद सापकोटा एमाले निकट र राम प्रसाद सापकोटा(कमल) मावोवादी निकट रहेको देखिन्छ । अचम्मको कुरा त के छ भने यी उम्मेदवारहरुले आफ्नो एकल उम्मेदवारी घोषणा गरेका छन् । घोषणा एकातिर र अर्को टिम संग एकताको छलफल अर्कातिर रहेको छ जसले गर्दा कुनैपनी समुहले आफ्नो पूरा टिम खडा गर्न सकेको छैन। आजका मिति सम्म पनि अध्यक्ष पदका प्रत्यासिहरुका बिचमा बारम्बारका छलफलहरु भएतापनि निष्कर्षविहिन हु“दै आएका छन् । न रामप्रसाद सापकोटा अध्यक्ष पद छाड्न तयार छन्, न त राजेन्द्रप्रसाद सापकोटा नै, साथै उत्तिकै अडिग छन् बोधराज भण्डारी र निलहरी बास्तोला । यहि सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकका प्रतिनिधिले निलहरि बास्तोलास“ सँग गरेको कुराकानीको अंशः

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान ) को निर्वाचन मिति आगामी श्रावण ३० गते साधारणसभा तथा निर्वाचन मिति तोकेको छ । तपाईको भनाई के छ ?
सर्वोच्च शिखर सगरमाथा बोक्ने सोलुखुम्बुको नेचासल्यानमा मेरो जन्म भयो । हाल मेरो एसियन हेरिटेज ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक हुँ । सन् १९९२ बाट पदयात्रा मजदुरका रुपमा पर्यटन क्षेत्रको यात्रा सुरु गरेको मैले गाइडका रुपमा देशका अधिकाँश हिमाली र उच्च पहाडी क्षेत्रको यात्रा गरिसकेको छु । मैले सन् २००२ देखि आफ्नै ट्रेकिङ कम्पनी संचालन गरँे । अथक मेहनत र निरन्तरको लगनशिलताबाट म आज एक सफल पर्यटन व्यवसायीका रुपमा स्थापित भएको छु । हाल सम्म नेपालको पर्यटन प्रवध्र्दनक्रममा विश्वका दुई दर्जन बढी देश भ्रमण गरिसकेका छन् । हाल ट्रेकिङ, ट्रान्सपोर्ट, ट्राभल, होटल, अपार्टमेन्ट, होमस्टे, हस्तकला र पश्मिना व्यवसायबाट सयौंलाई रोजगारी दिंदै आएको छु ।ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा कार्यसमिति सदस्य (२०१३–२०१५) र द्वितीय उपाध्यक्ष (२०१५–२०१९) रहेका उनी कार्यसमिति सदस्य रहँदा मिडिया कोअर्डिनेटर थिए ।

द्वितीय उपाध्यक्ष रहदा के कस्ता भूमिका खेल्नु भयो ?
त्यसै बेला टानको इतिहासमा पहिलो पटक सदस्यहरुका बीचमा दक्षता अभिबृद्धि एवं तालिम आवश्यकताका विषयमा औपचारिक रिसर्च गरी विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्न कार्यसमितिलाई गाइडलाइन उपलब्ध गराएका थिए । त्यही गाइडलाइनको आधारमा टानले नियमिति गर्दै आएका तालिमबाहेक ट्राभल फोटोग्राफी, गाइडहरुका लागि आधारभूत पत्रकारिता, डिजिटल मार्केटिङलगायतका तालिमहरु सञ्चालन गरेको थियो ।सन् २०१४ मा हुद्हुद्को समयमा अग्रडि मोर्चामा रही अन्नपूर्ण क्षेत्रमा फसेका पर्यटकहरुलाई उद्दार गर्न टानले आकस्मिक रेस्क्यू अपरेसन सञ्चालन गरेको थियो । त्यस अपरेसनका बेला संघको मिडिया तथा संचार कोअर्डिनेटनर रहेका थिएँ । यो भूमिकामा रहँदा, टानको उत्कृष्ट छवी विश्वमाझ उजागर भएको थियो । यस घटनाबाट टान नेपाली पर्यटन क्षेत्रको एउटा प्रभावकारी संस्थाको रुपमा चित्रित हुन सफल भएको थियो भने उनकै कार्यकालमा प्रभावकारी सूचना संप्रेषण गरेको कारण टानको आधिकारिक फेसबुक पेज समेत भेरिफाइड भएको थियो । टान भेरिफाइड फेसबुक पेज भएको नेपालकै पहिलो संस्था हो । मेरै नेतृत्वमा टानको वेभसाइटमा सदस्य कम्पनीहरुको शेयरहोल्डरसहितकोे बृहत डाटावेस राख्ने कामको थालनी गरिएको हो । टानमा प्रतिनिधित्व गर्दा मैले आफू एक सक्षम व्यवसायी मात्र नभएर कुशल योजनाकार भएको पनि पुष्टि गरिसकेका छन् ।

 सामाजिक सेवामा पनि सक्रिय हुनुहुन्छ भन्ने कुरा चर्चा पाइन्छ । तपाइको योगदान कहाँ कति छ ?
मैले एसियन हेरिटेज फाउण्डेसनमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सेवा गर्दै आएको छु । मेरो पहलमा गृह जिल्ला सोलुखुम्बुमा अस्पतालसमेत सञ्चालन हुँदै आएको छ । १५ वेड क्षमता रहेको अस्पतालले त्यस क्षेत्रमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

 अध्यक्ष बन्नका लागि एजेण्डाहरु के के छन् तपाइसँग ?
गैह्रकानुनी ट्रेकिङ व्यवसायलाई नियन्त्रण गर्ने, बिना गाइड पर्यटकलाई पदयात्रामा अनुमती नदिने, पर्यटकको सुरक्षाका लागि नीतिगत व्यवस्था गर्न लागि पर्ने, टानको नेतृत्वमा ट्रावल मार्ट शुरु गरी विश्वभर पर्यटन व्यवसायलाई बजारीकरण गर्ने, मजदुरको सुरक्षा (ज्याला, रेस्क्यू, बिमा) को व्यवस्थामा जोड दिने, अध्यन टोलीनै गठन गरी टिम्सको विवादलाई अन्त्य गरी टिम्सको उदेश्यनुसार प्रयोजन गरी पर्यटन बोर्डसँग समन्वय गरी नयाँ गन्तव्यको खोजी र नविकरणमा जोड दिने, नयाँ नयाँ गन्तव्य खोजी गर्न, टानलाई अन्तराष्ट्रिय क्षेत्रमा थप व्यापक बनाउने, एनजिओ, आइएनजिओ र व्यक्तिले ट्रेकिङ सञ्चालन गर्दै आएकाले यसको नियन्त्रण गर्ने, विश्व सञ्चारमाध्यममा नेपालको पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्न पहल गर्ने र राज्यका निकायलाई झक्झक्याउने टानमा पर्यटन वास्तोलाले टानको नेतृत्वमा पुगेपछि क्यालेन्टर बनाएर संस्थागत सुधारको काम गर्ने ।व्यवसायीले चाहेका बेला एकै थलोबाट आवश्यक किताव, फोटो, भिडियो लगायत सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले टानमा इ– लाइबेरी स्थापना गर्ने, व्यवसायी बास्तोलाले विदेशी पर्यटक नेपाल भित्रिने सबै मुलुकमा बढीभन्दा बढी विदेशीलाई आकर्षण गर्न योजनाबद्ध कार्यक्रम लैजानुपर्नेमा जोड छ। टान अझै पनि प्रादेशिक रुपमा जान नसकेको भन्दै व्यवसायी बास्तोलाले टानलाई प्रादेशिक संरचनामा लगेर व्यवसायिलाई मतदानको अधिकारको सुनिश्चित गर्न जररी रहेको छ । टानलाई प्रादेशिक रुपमा व्यवस्थापन गर्दै समयसापेक्ष देशब्यापी रुपमा विकास गरी पदमार्गको पहिचान र प्रवद्र्धन गर्न नयाँ कार्यसमितिले काम गर्ने छु । टानलाई विशुद्ध व्यावसायिक संस्थाका रूपमा विकास गरी परिवर्तित अवस्थामा पु¥याउने भूमिका खेल्छ र अघि बढ्ने आदि काम रहेका छन् ।

कुन–कुन क्षेत्रलाई एकद्वार गर्न आवश्यक छ ?
करको दायरा एकद्वार गर्न आवश्यक छँदै छ । विगतदेखि नै एक ठूलो समस्याको रुपमा रहेको रुट पर्मिटको समस्या छ । यसलाई मैले नियमन गराउने प्रतिबद्धता गरेको छु । अहिले पुरातत्व बिभाग, पर्यटन विभागलगायत धेरै ठाँउबाट परमिट लिने र दिने गरिँदै आएको छ । यसलाई अब एकै स्थानबाट गर्ने व्यवस्था मिलाउने गरी कानुनमै व्यवस्था गर्न वा व्यावसायीले नै कानुनसम्मत ट्रेकिङ बेच्ने वा त्यसको निरीक्षण गर्ने व्यवस्था गर्न व्यावसायी र सरकारसँग लबिङ गर्नेछु । यसले अवैधानिक व्यावसायी तथा गाइड, पोर्टरहरु स्वतः समाप्त भएर ट्रेकिङ व्यावसायलाइ एकत्रित गर्ने छ । अहिले धेरै स्थानमा गाइडबिनै पर्यटकहरु घुम्न पाउने व्यवस्था छ । अब ३ हजार मिटरभन्दा अग्ला हिमालमा जाँदा अनिवार्य गाइडको व्यवस्था गर्न‘पर्ने व्यवस्था गरिने छ ।

यसले व्यावसायीहरुको आम्दानी र सुरक्षा हिसाबले पनि राम्रो हुनेछ । धेरै कानुनहरु हामीलाई अलमल पार्ने खालका छन् । यसलाई कानुन बनाएर निर्देशिका जारी गर्न सम्बन्धित मन्त्रालयसँग माग राख्ने र जारी गर्न दबाब सिर्जना गरिने छ । विश्वस्तरमा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका लागि सिएनएन, बिबिसी, नेपाली पत्रपत्रिका, रेडियो टेलिभिजन, सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र याहुको अत्याधिक प्रयोग गरेर पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन सकिने छ । उपल्लो मुस्ताङ, डोल्पालगायत क्षेत्रमा ट्रेकिङमा कडाइ गरिएको छ, २ जना अनिवार्य हुनुपर्ने व्यवस्था हटाएर एक्लै पनि जान सकिने स्थिति निर्माण गर्न पहल गर्नेछु । टान र पर्यटन बोर्डको आन्तरिक झगडाका कारण बेरुजु रकम देखाएर टानलाई दुःख दिने काम भएको छ, यसलाई बेरुजुका नाममा देखाइएका अवरोधहरुलाई केलाएर चाडै समाधान गर्नेछु ।

 फेक रेक्स्क्युमा टानको पनि संलग्नता रह्यो भनिन्छ, यसमा अब तपाइले खेल्ने रणनीति र भूमिका कस्तो हुन्छ ?
फेक रेस्क्यु हुनु हुँदैन, यसले गर्दा नेपालको पर्यटन उद्योगको विश्वसनीयता गुम्छ । हामी सजग छौं, यसमा मिडियाले पनि सत्यतथ्य समाचार प्रकाशन, प्रसारण गर्नु‘प–यो, भयो रे भयो भनेर सुनेका आधारमा नेपालको पर्यटन क्षेत्रको वदनाम गर्न‘ हुँदैन । हामी हाम्रो व्यवसायलाई प्रतिस्पर्धी, स्वच्छ, व्यावसायिक बनाउनका लागि कटिबद्ध छौं । यसमा सबै सरकोकारवाला निकायको महत्वपूर्ण हात छ । सरकारले यसका लागि उचित मापदण्ड बनाएर कार्यविधि लागू गर्ने, नियमन गर्ने काम भने गर्न‘पर्छ, जसले गर्दा पर्यटन क्षेत्रलाई थप व्यावसायिक बनाउन सहयोग पुग्छ । यो गलत खालको प्रचारलाई निस्तेज पार्ने छ र यस्ता गतिविधि हुन नदिनका लागि टानले आगामी दिनमा थप प्रभावकारी अभिमुखीकरण गर्नेछ ।

ट्रेकिङ ट्रेलहरू कम हुँदै गएका छन् । ट्रेकिङ ट्रेलहरू मासेर सडक मार्ग बनेका छन्, जसले गर्दा ट्रेकिङ मार्गको दूरी घटेर पर्यटकको नेपाल बसाइ अवधि पनि घटेको पछिल्ला तथ्यांकहरूले देखाएका छन्, यसमा तपाइको आगामी दिनमा गर्ने भूमिका के हुन्छ ?
सरकारले ट्रेकिङ ट्रेल मासेर सडक मार्ग बनाउनु हुँदैन भनेर हामीले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छौं । यसको मतलव सडक नै बन्नु हुँदैन भन्ने हाम्रो भनाइ होइन, सडक बन्नुपर्छ तर ट्रेकिङ मार्गलाई मासेर हैन कि व्यवस्थित गरेर सडक विकास गर्न‘पर्छ । टानले पर्यटकमैत्री ट्रेकिङमैत्री सडक बनाऊ भन्दै आएको अवस्था हो । यसका लागि सरकारले पर्यटकीय क्षेत्रमा सडक विस्तार गर्दा पर्यटन व्यवसायी संघ–संस्थाहरूसँग समन्वय गर्न‘पर्छ । विकासको नाममा जहाँ पनि डाँडा खन्ने काम भने बन्द गर्न‘पर्छ । योजनाबद्ध तवरबाट सडकको विस्तार गर्न‘पर्छ । हामीले नयाँ ट्रेकिङ मार्ग पहिल्याउने काम भएकालाई मर्मत गर्दै सुधार गरी अगाडि बढ्ने काम हामी निरन्तर जारी नै राख्नेछौं । यसतर्फ टान सधैं लागेको थियो नै, आगामी दिनमा पनि थप प्रभावकारी ढंगले लाग्ने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *