कर्मचारी नेता हुन कि जग्गा प्लटिङ्ग गर्ने बिचौलिया

समाचार

काठमाडौं । कर्मचारीको सस्वाको बेलामा भएको छ । सरकारले चुनाव घोषणा गरेको छ । सरकारले आचार संहिता लगाउने बेलाभएको छ । कर्मचारी भनेको ठाउँमा जान नपाएर रोइलो गरिराखेका छन् । संघीय मामिला सामान्य प्रशासन प्रत्रालयदेखि संघीय मामिला सामान्य मन्त्रालयका प्रशासन शाखाका कर्मचारीलाई नमस्कार र जिहजुरी गरिरहेका छन् । संघीय मामिला स्थानीय सामान्य प्रशासन मन्त्रालयमा रामचन्द्र अधिकारी उर्फ आरसी अधिकारी भनेर चिनिन्छन् । आरसी नासु कर्मचारी हुन् ।

आरसी संघीय मामिला सामान्यमा बसेका छन् । अधिकारीले कर्मचारीको सरुवा, बढुवा गर्ने र मालपानी खाने गरेका छन् । रामचन्द्र अधिकारी आरसी अधिकारीले स्थानीय गाउँपालिका, नगरपालिका हुँदै कर्मचारी सरुवा बढुवा गर्दैआएका छन् । उनी तत्कालीन एमाले माधव नेपाल खेमामा रहेका व्यक्ति थिए । नेपाल निजामती कर्मचारी संगठनको उप महासचिव भएर काम गरेका छन् । अहिले केपी ओली खेमा भएका छन् । उनीले सातओटै स्थानीय तह हेरी गाउँपालिका हेरी नगरपालिकाभित्र प्रति व्यक्ति ३ लाख वार्षिक लिने गरेको बताइन्छ । अधिकारीले संघ, प्रदेश जस्तो स्टोर शाखामा कार्यरत कर्मचारीबाट ठाउँ हेरी २ लाखदेखि ३ लाखसम्म उठाएको अवस्था छ ।

सो उठाएको पैसा समूह गठनगरी जग्गा प्लटिङ गरेको बताइन्छ । आरसी अधिकारीले ठाउँठाउँमा जग्गा प्लटिङ गरेर अर्बौ कमाएको र पार्टीलाई चन्दा दिने गरेको अन्य कर्मचारी बताउँछन् । अधिकारी संघीय मामिला सामान्य प्रशासन शाखामा नासु भएर बसेको ५ देखि ६ वर्ष भएको बताइन्छ । एउटा कर्मचारीले संधै केन्द्रमा बसेर अकुत सम्पत्ति आर्जन गरेका र जग्गामा लगानीसमेत गरेको बताइन्छ । कुनै कर्मचारी एक ठाउँबाट अर्को मन्त्रालयको माल्दार ठाउँमा जान नसेको भ्रष्टाचार गरी खान नजाने कर्मचारीले जागिर खाएर काम छैन भन्दै संघीय मामिला सामान्य प्रशासन मन्त्रालयमा बरबराउँदै थिए कर्मचारी यो देश सतिले सरापेको भन्ने बुढापाकाले भन्ने गरेका थिए । यो सत्य रहेछ भन्दै गुनासो पोख्दै थिए ।

अहिले कर्मचारी भएर नेतागिरी गर्ने नेतागिरी गरेपछि अफिसमा नजाने काम पनि नगर्ने खाली नेतागिरी गरो भ्रष्टाचार ग¥यो । त्यसैगरी देश, विदेश घुमो महंगी भत्ता लियो । कर्मचारीले कर्मचारीलाई दास बनायो कर्मचारीलाई घुमायो चुनाव आउँदा हजुर तपाईं भनो होटल, रेष्टुरामा पु¥यो । जब चुनाव जित्यो अनि कर्मचारीलाई वास्ता नग¥यो आफ्ना नातागोता मन्त्रीका मान्छेलाई मालदार ठाउँमा पु¥यो राजश्व, भन्सार अध्यागमन विभाग वीरगञ्ज भन्सार भैरहवा भन्सार, विराटनगर भन्सार, रानी भन्सार, तातोपानी भन्सार, रसुवा भन्सार, नगरपालिकाको कार्यकारी बनाएर पठाएको कर्मचारी सरुवा ग¥यो लामापानी खायो ।

कर्मचारीलाई पीडा बनायो कर्मचारीको हितमा भन्दै अन्य कर्मचारी उचाल्ने मालपानी आउने ठाउँमा कर्मचारी बढुवाको लागि फर्म भर्न लगाउने र काज या दरबन्दी राखेर सेवासुविधा दूर्गमको खाने काम चाहीं सुगममा गर्न लगाउने गरेका जस्तो आरोप कर्मचारी नेतालाई लगाउने गरेको छ । हुनपनि कर्मचारी नेता बन्दा अकुत कमाएको स्रोतले बताएको छ । कर्मचारी नेताले सम्पत्ति विवरण नबुझाएपनि हुने सा–साना कर्मचारीले सम्पत्ति विवरण बुझाउनु पर्ने ठूला नेता, ठूला कर्मचारीले सम्पत्ति विवरण नबुझाएपनि हुने भन्दै कर्मचारीभित्रै विरोध हुनथालेको छ । कर्मचारी नेताको सम्पत्ति कसले छानविन गर्ने भन्दै एक पीडित कर्मचारी ।

नेता भएका पुण्य ढकाल एमाले संगठनबाट करोडौं कमाएको आरोपछ । यस्तै भोलानाथ पोखरेल, सुवोध देवकोटा, गोपाल पोखरेल, लेखनाथ कोइराला, केदार देवकोटा, हेमन्त गौतम छन् । त्यस्तै मधेशी कर्मचारीबाट भुवनेश्वर यादव, हरि रावल, माओवादीबाट नवराज जैसी तत्कालीन कर्मचारी राजेन्द्र बुढाथोकी मोहन घिमिरे, एकीकृत समाजवादीको अध्यक्ष भएका छन् । उनी सधै आमाचकारी बाल्छन् । तीन पुस्तालाई सम्पत्ति जोडेको आरोप छ ।

एक कर्मचारी भन्दै थिए– खासगरी सडक विभागका डिजी र सचिवले राज्यको सम्पत्तिमा खेल्ने गरेको बताए कि त ठूला मन्त्री हुनुप¥यो कि त कर्मचारी नेता बन्नुप¥यो भन्सार, मालपोत, नापी, उद्योग, गृह, भौतिक, खानेपानी आयोजना, वैदेशिक रोजगार विभाग, उद्योग विभाग, यातायात जस्ता ठाउँमा बसेर अकुत कमाइ गर्ने कर्मचारीलाई छानविन नहने महालेखा परीक्षकको कार्यालय जस्तो ठाउँमा बस्ने कर्मचारीको सम्पत्ति छानविन हुँदैन । कामनलाग्ने ठाउँमा बस्ने कोही भएका सोर्सफोर्स नभएका कर्मचारीको सम्पत्ति छानविन हुन्छ ।

मुद्दामामिला उसैलाई पर्छ खैत यस्ता भ्रष्ट कर्मचारीको सम्पत्ति छानविनमा परेको जुनसुकै कर्मचारी उच्च घरानाका कर्मचारीले तीन पुस्तालाई पुग्ने कमाई गरेका छन् । उही कर्मचारी शक्तिकेन्द्र धाउँछन् । शक्तिकेन्द्रको आडमा अख्तियार, महालेखाको परीक्षकदेखि कार्यालयका उच्च स्थानमा पुग्ने गरेका छन् । त्यहीं स्थानमा पुगेर फेरि कमाई गर्ने गरेका छन् । यस्तालाई कारबाही हुँदै भन्दै पीडित कर्मचारीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *