हामी ११ वर्ष पुरा गरी १२औं वर्षमा प्रवेश

राजनीति समाचार

प्रकाशकीय

पत्रकारिताको भिडमा ११ वर्ष अगाडि हामी आजकै दिन पाठक सामु आएका थियौं । भ्रष्टाचार बेथितिको अन्त्य, सामाजिक सद्भावको खोजी हाम्रो लक्ष्य थियो । तर हाम्रा दुखहरु बढ्दै गए । समय अनुसारको नयाँ नयाँ कानून आए, हाम्रो पिडा घटेन । नेपाली पत्रकारितामा स्वच्छ, निष्पक्ष, सत्य तथ्यमा आधारित समाचार प्रकाशित गर्ने हो । जनताको चाहना पनि त्यही हो । हामीले सकेको कति ग¥यौं, राजनीतिले कस्तो बाटो लियो पाठकलाई जानकारी नै छ । पत्रिकाको प्रकाशन आरनमा तातेको फलाम जस्तै हो ।

जता तन्कायो, त्यतै तन्किन्छ । त्यसको विषयमा मूल्यांकन गर्ने पाठकले नै हो । सभ्य, सुसंस्कार सहितको समाजको पनि चाहना हो हाम्रो । आम जनताको चाहना पनि त्यही हो । तर नेता मोटाए, जनता गरिब बन्दै गए । देश खोक्रो बनेको छ । माफिया मोटाएको हामीले देखेका छौं । नेपाली समाजले हिजोका चप्पल कान्छाहरु आज महाजन बनेको देख्दा देश कता पुगेछ भनेर आफैंभित्र आफैंलाई खोज्दा लजाउनुपर्ने अवस्था आएको छ । हाम्रा नेता देशको स्वार्थ जनताको हितभन्दा आफ्नै गुट्टी हाँक्ने खालका छन् ।

नेपाली जनताले कम्युनिष्ट पार्टीबाट धेरै आशा र भरोसा गरे । तर हाम्रो देशमा कम्युनिष्ट कमाउनिष्ट, लुटनिष्ट, गुटनिष्ट बने । सिद्धान्त विचार नेताको भएन । केवल स्वार्थ केन्द्रित भई सत्ता र पार्टी चलाए । झण्डै दुईतिहाई कम्युनिष्टको सरकारले राष्ट्रिय महत्वको विषयमा कुनै चासो र ध्यान दिएनन् । हामीले कम्युनिष्ट कांग्रेस बिचमा अन्तर भएको पाएनौं । तर हामी जहाँको त्यहीँ छौं ।

झुटो बोल्ने, ताली बजाउने, वाहीवाही खाने महानुभावहरुको हावामा बिजुली, रेल, पानी जहाजको नारा केवल जनता ढाँट्ने औजार थिए । हामी विषयान्तरहरुको साक्षी थियौं । हाम्रो हातमा कलम थियो, लेख्यौं । पाठकलाई भन्यौं । जनतालाई सचेत गरायौं । तर सत्ता संचालकहरुले ओम्नी, अग्रवाल, दुगड, हुकाम, थामसेकको सहयोगी भए । आमकजनताको सहयोगी कम्युनिष्ट बन्न चाहेनन् । तामाकोशी सन्देश जसरी पाठकबिच स्थापित भयो । विज्ञापन दाता र सहयोगीको साथ नपाएको भए दुखको ११ वर्ष बित्ने थिएन । आज तामाकोशी सन्देश साप्ताहिक १२औं वर्ष प्रदेश गर्दैछ । तामाकोशी सन्देश सहयोगी र शुभेच्छुकहरुकै वरपर रहिरहन्छ । हाम्रा दुःख र पिडा जनताको पिडासँग जोडिएकाले आम पाठकको रुची र चाहनाको समाचार दिने प्रतिबद्धता प्रकट गर्दछौं । राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षा हाम्रो अठोट हो । राष्ट्रघात हामी सहँदैनौं ।

व्यापारिक घरानाले पत्रकारितालाई समेत पेशा बनाएका छन् । सरकारलाई धम्क्याएर तिनैले राजस्व मारेका छन् । नेतालाई भाषण गर्न पाए पुग्छ । आफ्नो तस्वीर नेतासँग जोडेर ठग्नेहरु पनि दलको भगिनी संगठनका नेता भनेका छन् । हामी समाचारलाई जोड दिन्छौं । भगिनी संगठनहरुलाई छापा माध्यमको कुनै चासो छैन । पहिलाको जस्तो छापा माध्यमको पहुँच र प्रतिष्ठा आज छैन । दुःख र कष्टका साथ हामी जसरी आयौं, जेनतेन टिकेका छौं । मुलुकको राष्ट्रिय अस्मितामाथिा प्रहार भएकै छ । हामी हाम्रा शुभचिन्तक, सहयोगी, विज्ञापन दाताहरुकै कृपामा टिक्छौं भन्ने विश्वास अझै पनि छ ।

हाम्रो आँट छ, दृढ अठोटहरु छन्, राष्ट्रप्रतिको मोह छ । पेशागत इमान्दारिता छ, व्यावसायिक निष्ठा छ । जतिबेला सम्म टिकिन्छ, निष्ठामै अडिन्छौं । स्वार्थका लागि हामी आफ्नो निष्ठा त्याग्ने छैनौं । कसैको चाकडी चाप्लुसीप्रति हाम्रो विश्वास छैन । हामी जहाँ छौं, जसरी अडेका छौं, त्यसरी नै टिक्ने छौं । मात्र हामीलाई साथ दिँदै आउनु भएका सहयोगी विज्ञापनदाता, शुभेच्छुकहरुको साथ चाहिन्छ । ११औं खुड्किलो पुरा गर्न सहयोग पु¥याउने सम्पूर्ण संघसंस्था, विज्ञापनदाता, व्यक्तित्वलगायत सबैमा कृतज्ञता प्रकट गर्दै हामी १२ वर्षको यात्रा आरम्भ गर्दैछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *