जूर्दैन देउवालाई ओलीको ढोक्सा

राजनीति समाचार

काठमाडौं । मुलुकलाई भ्रष्टाचार र बेथितिको उपहार दिँदै एमाले अध्यक्ष केपी ओलीको संसद पूर्नस्थापनाको ढोक्सामा नाचेका काग्रेस सभापति शेरबहाहर देउवालाई छैठांै पटक प्रधानमन्त्री बन्ने साइत जुर्र्लाजस्तो छैन । सरकार चुनावको तयारी तिव्र पार्दैछ । प्रधानमन्त्री शुशिला कार्कीले सबै दलसँग परामर्श गरिसकेकी छिन् । चुनावमा पार्टीहरुले भाग लिनुपर्छ ।

त्यसपछि संसद को भन्ने कांग्रेस महामन्त्री गगन थापाको कुर्लाई पनि देउवाको संसद पूर्वःस्थापना होला र प्रधानमन्त्री बनौला भन्ने ढोक्सामा जेलिँदैछ । जबकी देउवा प्रधामन्त्री बनेर देशमा कुनै हलचल हुँदैन । फाइदा माफिया, तस्कर र भ्रष्टाचारीलाई मात्रै हो । कांग्रेसको कार्यसम्पादन समितिले समानुपातिक सूचको नाम माग्दा संघिय संसदको नामपनि छनोट गर्न हतारिएको छ । विधानतः कांग्रेसले नियमित महाधिवेशन पुस २६ देखि २८ सम्ममा सम्पन्न गर्ने भनेको थियो । तर, त्यो दिन तोक्दा बडा, पालिका, प्रदेश र जिल्लाको लागि तोकिएको समयमा क्रियाशील सदस्यता विवाद नै टुंगिएन ।

पछिल्लो पटक कार्यतालिको हेरफेरले गर्दा कार्य सम्पादन समितिले चासो दिएको छैन । जहाँ पूर्वपदाधिकारी र वर्तमान पदाधिकारी हुन्छन् । त्यहाँ सस्थापन पक्षकै दादागिरी छ । त्यसमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजय गच्छदार, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र डा. प्रकाश शरण महत शेरबहादुर देउवाका पुच्छर हुन् । डा. शशांक कोइरालासमेत त्यहाँ छन् । उनीहरु संस्थापनलाई चिढ्याउने पक्षमा छैनन् । पछिल्लो कार्यतालिकाले १६ गते वडा १७ गते पालिका, २१ गते एक क्षेत्र भएको जिल्ला, २२ गते दुई वा दुईभन्दा बढीका क्षेत्र भएको जिल्ला, २३ र २४ मा जिल्ला अधिवेशन गर्नुपर्छ भनेको थियो । २६–२८ पुसमा नियमित महाधिवेशन गर्ने भनेपनि संस्थापन लक्षको ढिला सुस्तिले सम्भव भएन ।

त्यो त हिजो घात अन्तरघातमा लागेका अराजकमाथिको कारबाही खारेज गरी सवै कांग्रेस एक ठाउमा आउन कार्यसम्पादन समितिको निणर्य आएको छ । आफू अशक्त भएँ भन्दै उप–सभापति पूर्णबहादूर खड्कालाई कार्यवाहक दिएका यीनै देउवालाई प्रधानमन्त्री पद भन्दा ठूलो अरु छैन । उनी प्रधानमन्त्री बन्दा देशले गरेको प्रगति भनेको भ्रष्टाचार हो । कांग्रेसीहरुले जहाँ त्यहीँ हैकम जमाउन सेकेका थिए । त्यहीं सिको गरेर नेकपा एमालेका अध्यक्ष ओलीले दुई तिहाइको सरका दुईपटक ढाले । तेस्रो पटक आन्दोलनले उनको सत्ता ढल्यो । जब की त्यो सत्तामा काँग्रेस पनि थियो ।

आफ्नै पार्टीको वैधानिकतामाथि प्रश्न उठ्दा कांग्रेस नेतृत्वले एमालेको ११औं महाधिवेशनबाट अध्यक्ष ओली अत्याधिक मतान्तरले विजयी बनेको शेरबहादुरहरुको नजरमा परेकै छैन । तीनले पार्टीको नियमित महाधिवेशन समयमा गर्नुपर्छ भन्ने सोचेकै छैनन् । पार्टीसत्ता र राजकीय सत्ता सधंै एकनास हुन्न । त्यही कारण देउवा गुटको आलटालविरुद्ध कल्याण गुरुङ, चन्द्र मण्डारीदेखि गगन थापा र डा. शेखर कोइरालासम्मले समापति पदको उम्मेदवार वन्ले तयारी गरेका हुन् । तर संंस्थापनले कसलाई सभापति पदमा अगाडि सार्छ भन्ने अन्यौलले महाधिवेशनको पूर्णतयारीको काम शुरु नभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *