प्रत्यक्षको सिट बाँडफाँटमा गठबन्धनलाई चुनौती

राजनीति समाचार

रामचन्द्र बस्नेत

निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने आम निर्वाचन र प्रदेश निर्वाचनको समय तालिका प्रकाशित गरी सकेको छैन । विभिन्न दलहरुले चुनावको तयारी र प्रचार प्रशार अगाडी बढाई सकेका छन् । सरकारमा रहेको गठबन्धनले कार्यदल नै बनाएर आफुमा रहेका दलहरुलाई प्रत्येक्ष तर्फको १६५ सीटको भागबण्डा गर्न लाीग परेको छ । गठबन्धनमा रहेका दललाई प्रत्येक्ष तर्फको सीट बाँडफाँड नै पहिलो चुनौती देखिएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांगे्रस सबभन्दा ठुलो दल हुनका लागि समानुपातिक तर्फ अधिकतम सिट चाहिने निष्कर्ष निकाल्दै प्रत्येक्ष तर्फको १६५ सीटको ६० प्रतिशतमा दाबी गरी राखेको छ । उता गठबन्धन कै दुई नेता प्रचण्ड र माधव नेपाल कांगे्रसलाई साईजमा राख्न प्रत्येक्ष तर्फ सकेसम्म कम सिट दिने रणनीतिमा छन् । र, माओवादी अध्यक्ष प्रचण्डले कांगे्रस सभापति देउवालाई दबाबमा राख्नका लागि नेकपा एमालेसँग माओवादी मिल्ने हल्ला चलाउने पनि गरेका छन । र, कांगे्रसलाई कम सीट दिएर माओवादीका लागि बढी सीट फुत्काउने योजनामा माओवादी अध्यक्ष प्रचण्ड रहेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आफनो पार्टीको ईज्जत जोगाउनु ठूलो चुनौती भएको छ । उता कांगे्रस पनि सरकारको नेतृत्व गर्न पाउने र सबभन्दा ठूलो दल पनि हुनसक्ने भनेर गठबन्धनमा सामेल भएको हो । यसरी स्वार्थ मिलेर एक ठाउँमा भेला भएका दलहरुलाई अब भने वास्तविक चुनौतीले च्याप्न थालेको छ । गठबन्धनमा रहेका दल बीच प्रत्येक्ष तर्फको सीट बाँडफाँडमा देखिएको छ भने अब क्रमश यस्ता विवादका पत्र खुल्दै जाने छन् । सीट बाँडफाँडमा मात्र सहमती भएर हुदैन । ईमान्दार सहकार्य चुनावसम्म नै कायम हुनु पर्दछ । तर गठबन्धन दलका बीचमा चुनावी सहकार्यमा चुनौती आउने मात्र देखिएको छैन कि गठबन्धन सबै दलले अन्तरघातको गम्भिर चुनौतीको पनि सामना गर्नु पर्ने देखिन्छ ।

किनभने प्रत्येक्ष तर्फको १६५ सीट पाँच दललाई बाँड्नु पर्ने अवस्थाले गठबन्धनका सबै दलमा विद्रोह ल्याउने निश्चित छ भन्दा हुन्छ । किनभने पाँच बर्षमा आउने चुनावका लागि हरेक पार्टीमा आकांक्षीको ठुलो संख्या हुन्छ र कुनै वैचारिक कारण विना नेतृत्वमा रहेका सिमित सत्ता स्वार्थ लागि गठबन्धन गर्ने र त्यसका लागि बलिदान गर्नु पर्ने तर्कलाई कुनै पार्टीका कार्यकर्ताले पचाउन सक्दैनन् र यसको परिणाम विद्रोह नै हुन्छ । यो कारणले गर्दा पनि आगामी चुनावको परिणामलाई गणितिय हिसाबले हेर्दा ठुलो मुर्खता हुन जान्छ । त्यसै पनि राजनीति गणितको हिसावबाट कहिले पनि सिधा रेखामा हिडदैन ।

तर पनि नेपालका नेताहरुले हातका औला भाची भाची राजनीतिका हिसाब किताब गरी राखेका छन् । यस्तो हिसाब गर्ने नेताले गठबन्धन आम चुनाव पछि पनि कायमै रहन्छ त भन्ने गरेका छन् । तर कसरी कायम रहन्छ र नेतृत्वको र कस्तो हुन्छ भन्ने सम्बन्धमा भने कुनै नेता केही बोलेका छैनन् । विवाद बढेर जाँदा त्यसको असर गठबन्धनमा पर्न सक्ने देखेर सबै नेता तैचुप मै चुप को स्थितिमा छन । प्रत्येक्ष तर्फको १६५ सीट भागबण्डा गर्दा नै गठडबन्धनका दलका बीचमा विवाद बढ्न संकेत देखिन थालेको छ । चुनावको मिति घोषणा हुनु पूव नै गठबन्धनको नेतृत्व गरी राखेको कांगे्रसले प्रत्येक्ष तर्फ ६० प्रतिशत आफुले पाउनु पर्ने दावी गरी सकेको छ । यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांगे्रसलाई प्रत्येक्ष तर्फ ८० सीटसम्म दिन सकिन्छ भनेर गठबन्धनमा विवाद बढाउने काम गरी सकेका छन् ।

वास्तवमा यतिखेर गठबन्धन मुख्य रुपमा आफ्ना श्रीष नेताको सीट सुरक्षित गर्ने योजनामा लागेका छन् । कांगे्रस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहाल भने चुनाव पछिको राजनीतिको हिसाव किताब गरेर सत्तामा पुग्ने ब्युह रचनामा लागेका छन । एकथरी नेता भने गठबन्धनमा सामेल भएर चुनाव लड्नुलाई नै विजयको ग्यारेण्टी मान्ने गरेको दखिएको छ । यस्तो सोच ती नेताहरुमा चुनावलाई गणितीय हिसाबले सोच्दा जन्मिएको हो । तर गणितिय हिसाबले हेर्दा पनि लाकतान्त्रिक समाजवादी र जनता समाजवादी मधेश प्रदेशमा मात्र पक्कड भएका दल हुन । एकीकृत समाजवादीको संगठन नै बनी सकेको छैन । यसैगरी बाबुराम नेतृत्वको नेपाल समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकीकरण राष्टिय अभियान अहिलेसम्म पार्टी नै बन्न सकिराखेका छैनन् ।

त्यस कारण गठबन्धनमा सामेल दलले चुनावमा राम्रो परिणाम ल्याउछ भन्ने विश्वासलाई भ्रम मान्दा हुन्छ । यसबाहेक उनीहरुले जनताका बीचमा गठबन्धनको औचित्य पनि पुष्टी गर्नु पर्दछ । यो विषयमा माधव नेपालले एमाले विभाजनको सैध्दान्तिक आधार पनि पुष्टी गर्नु पर्दछ । जे भए पनि यो पटकको चुनावले नेपाली जनतालाई नयाँ अनुभव दिने छ । किनभने यो चुनावमा दलको ठाउँमा गठबन्धन चुनावी मैदान मात्रै छन् भने अर्कोतिर मतदाताले आफुले रोजेकोलाई होईन नेताले भनेकोलाई मतदान गर्दैछन् । नेताहरुले मन पराएको यो मतदान अभ्यासलाई जनताले कसरी लिन्छन भन्ने प्रश्नको जवाफ आगामी मंसिर ४गते हुने निर्वाचनको परिणामले दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *