एमालेले भन्यो-नागरिकता विधेयक टाउको गन्ने विषय होइन

राेजगार समाचार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधि सभामा राष्ट्रपतिले पुनर्विचार गरियोस् भन्ने प्रस्ताव संसदमा छलफल हुनुपर्ने माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा विचाराधीन विषय बन्द कोठामा सत्तारुढ दलका नेताले प्रतिनिधि सभाको अधिकारलाई संकोचित गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका छन् । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा विवादित रहेको नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक फास्ट ट्रयाक बाटै पुनः पास गर्ने तयारी गरेपछि ज्ञवालीले आपत्ति जनाएका हुन् ।

उनले नागरिकता विधेयक जस्तो संवेदनशील विषयमा उठाएका विषयलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे । उनले नागरिकतासँग सम्बन्धित विधेयक टाउको गन्ने मात्र विषय नभएको बताएका छन् । उनले संवेदनशील विषयलाई लिएर देश र जनमतलाई विभाजित गर्नु नहुने बताए । ज्ञवालीले राष्ट्रपतिले उठाएका विषयलाई सदनमा छलफल हुनुपर्ने बताए । उनले यो राष्ट्रिय एकता हासिल गर्ने दस्तावेज भएको धारणा राखे ।

ज्ञवालीले टाउको गणना ठूलो नभएको बताउँदै विचारको पनि सम्बोधन समेत हुनुपर्ने धारणा राखे । उनले प्रमुख प्रतिपक्ष दलले रचनात्मक सहयोग गर्न तयार रहेको समेत स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *