गठबन्धनका शीर्ष नेताहरुको चुनावी भविष्यमाथि खतराको घन्टी

राजनीति समाचार

काठमाडौं । पाँचदलको गठबन्धन प्रत्यक्षतर्फको १६५ सिटको भागबण्डा आफूहरुका बीचमा संगठन र प्रभावको आधारमा वितरण गर्ने शैधान्तिक सहमतिमा पुगिरहँदा गठबन्धनका शीर्ष नेतालाई प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित गरेर ल्याउने चुनौती समेत थपिन पुगेको छ । पाँचदलको गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवाको स्थिति सामान्य रुपमा बलियो भएपनि गठबन्धनका अन्य नेताहरु पुष्पकमल दाहाल, माधवनेपाल, झलनाथ खनाल, उपेन्द्र यादव तथा दुर्गा पौडेलेको चुनावी स्थिति सन्तोषजनक छैन ।

त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कहाँबाट उठाएर जुटाउने हो भन्नेमा अझै पनि अन्योल कायम रहेको छ । कार्यदलले बनाएको मापदण्डअनुसार रामचन्द्र पौडेलेको परम्परागत सिट एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठलाई छाड्नुपर्ने हुन्छ । ११ सदस्यीय कार्यदलले २०७४ सालको आम निर्वाचनमा विजय भएका दललाई यो चुनावमा पनि उक्त क्षेत्र दिने गरी मापदण्ड बनेको छ । यो मापदण्डअनुसार तनहुुँको एक नम्बर क्षेत्र कांग्रेस नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठलाई छाड्नुपर्ने हुन्छ ।

यसैगरी गठबन्धनका अन्य नेताहरु माधव नेपाल, झलनाख खनाल, उपेन्द्र यादव तथा दुर्गा पौडेलले आफ्नो चुनावी क्षेत्र सुरक्षित देखेका छैनन् । उनीहरुलाई कसरी सुरक्षित रुपमा विजयी गराएर ल्याउने चुनौती पाँचदलको गठबन्धनमाथि थपिन पुगेको छ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले चुुनौती दिने भएका छन् । यसैगरी माओवादी अध्यक्ष प्रचण्डलाई चितवनको क्षेत्र नम्बर ३ बाट नउठ्न कांग्रेसी नेताहरुले सुझाव दिइरहेका छन् ।

२०७४ सालको आम निर्वाचनमा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल नेकपा एमालेको समर्थनबाट प्युठानबाट निर्वाचित भएकी थिइन् । तर यो पटक नेकपा एकीकरण राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम गठबन्धनबाट माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्युठानबाट नै चुनाव लड्ने घोषणा गरेपछि जनमोर्चाकी उपाध्यक्ष पौडेलेको उम्मेदवारी अन्योलमा पर्न गएको छ । यसरी अन्योलमा पर्न गएको गठबन्धनका नेताहरुको उम्मेदवारीलाई सूनिश्चित गर्न जिम्मेवारी यतिखेर गठबन्धनको काँधमा आइपरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *