ठेकेदार शारदाको मनपरी

समाचार

काठमाडौं । ठेक्का लियो, समयमा काम नगर्ने नैतिकता गुमाएका ठेकेदार हुन् शारदा अधिकारी । राजनीतिक दलहरु नै ठेकेदारको संरक्षक बन्ने गरेका छन् । राजधानी वरपरका सडक ठेक्का लिएर समयमा काम नगर्ने शैलुङ कन्स्ट्रक्सन चर्चामा छ । त्यसले लिएका कुनै पनि सडक समयमा सम्पन्न भएका छैनन् । कुनै ठेकेदारले पनि काम समयमा गर्ने गरेका छैनन् । हरेक ठेक्कामा रकम बढाउने, समय थप्ने तर काम नगर्ने ठेकेदार शारदा अधिकारी माओवादी अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । किनकि प्रचण्डको बास त्यही अधिकारीको घरमा हुने गरेको छ । सार्वजनिक खरिद ऐनअनुसार काम गर्ने गरी लिउको ठेक्का समयमा सम्पन्न नहुँदाको पीडा जनताले सहेका छन् ।
रानीपौवा सिसडोल सडक पनि २०७१ सालमा २ वर्षका लागि अधिकारीले ठेक्कामा लिएका थिए । उक्त ठेक्को ७ पटक म्याद थपिए पनि लापरवाहीका कारण सडक निर्माण अलपत्र बनेको छ । यस सडक निर्माणका लागि अधिकारीले ३५ करोडको ठेक्कामा १९ करोड लिएका थिए । समयमा सडक निर्माण सम्पन्न नहुँदा फोहोरो बोक्ने गाडीले समस्या झेलेका छन् । २०७१ सालमा लिएको कमलविनायक नगरकोट सडकखण्ड आठपटक म्याद थप गरी ३१ करोडलाई बढाएर ३६ करोड बनाएको छ । हालसम्म यस सडकखण्ड निर्माणका लागि २९ करोड भुक्तानी दिइसकिएको छ । सडक भने ज्यूँकात्यूँ छ । २०७३ सालमा लिएको ढोलाहिटी सुनाकोठी सडक २३ करोडको लागत ३७ करोड पुग्यो, सडक सम्पन्न हुन सकेन । १ अर्ब १३ करोडको कलंकी नागढुंगा सडक निर्माणमा ९७ करोड लिएर पनि काम सम्पन्न गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *