‘के वन क्रस १७५’ प्रतियोगितामा घिमिरे भिड्दै,अन्तर्राष्ट्रिय स्तरमा नेपाली झण्डा फहराउन सफल

खेलकुद समाचार

काठमाडौं । ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका शहरमा भिड्ने भएका छन् ।

नेपाल र जापानबीच हुने ‘के वन क्रस १७५’ प्रतियोगिता यही जेठ ४ गते जापानको ओशाका शहरमा आयोजना हुँदैछ । ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ ।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी अविरलले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।

किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका बक्सर अविरलले हालै ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुमेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *