सीटीईभीटीले एसइईमा प्राप्त गरेको जीपीएका आधारमा विद्यार्थी भर्ना गर्ने, यही शैक्षिकसत्रबाट लागू

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त गरेको जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ ।

विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गरेकामा अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो ।सीटीईभीटीका परीक्षा नियन्त्रक कार्यालयले यही शैक्षिकसत्रबाट जीपीएका आधारमा विद्यार्थी भर्ना गर्ने जानकारी दिएका छन् । सीटीईभीटीले प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२ तयार गरी कार्यान्वयनमा ल्याएको हो । सोही निर्देशिकामा एसइई परीक्षामा प्राप्त जिपिएका आधारमा योग्यताक्रम सूची तय गर्ने व्यवस्था गरिएको छ ।

सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्णलाई थप अङ्कभारबापत एक र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अङ्कभार वापत ०‍.८५ दिने व्यवस्था गरिएको छ । प्रवेश परीक्षा लिइँदा विभिन्न नकारात्मक हल्ला फैलिएपछि जीपीएलाई आधार बनाएर विद्यार्थी भर्ना गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *