काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताएका छन् ।
ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि नपर्ने बताएका हुन् । साथै उनले ललितपुर महानगरपालिकाले मुलुकमै पहिलो हुने गरि धेरै कार्यहरु गर्दै आइरहेको बताए । ललितपुर महानगरपालिका सत्यमोहन जोशीको जिवित अवस्थामै उहाँको १० रुपैयाँको हुलाक टिकट निकालेको थियो ।