अर्थ मन्त्रालयमा सरुवाको आतंक

समाचार

काठमाडौं । नेपालीमा एउटा भनाई छ चोरलाई चौतारो साधुलाई सुली । अर्थ मन्त्री जनार्दन शर्माले एक जना बदनाम सहसचिवलाई मालदार कार्यालयको हाकिम बनाएर खटाएका छन् । यस अघि अर्थ सचिव मधुकुमार मरासिनीलाई लखेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पु¥याएका शर्माले एस म्यान र भनेको मान्ने कृष्णहरि पुष्करलाई राजश्वबाट तानेर अर्थ सचिव बनाएका छन् । पुष्करलाई अर्थ सचिव बनाउनुको पछाडिको मुख्य कारण विचौलिया दिपक भट्ट हो भनिँदैछ । उनकै इच्छा अनुसार पुष्करलाई राजश्वबाट अर्थमा लगिएको हो । विचौलिया भट्टको सेनाको हतियारसम्बन्धी फाइल अगाडि बढाउने गरी पुष्करलाई राजश्वबाट अर्थतिर लगिएको हो । यस्तै राजश्वमा रामेश्वर दंगाललाई ल्याइएको छ । अहिले अर्थका ९ सहसचिवलाई फुटबल बनाइएको छ । अनेकन बदमासीमा मुछिएका राजेश्वर ज्ञवालीलाई मालदार मानिने ठूला करदाता कार्यालयको हाकिम बनाएर खटाइएको छ । ज्ञवाली काठमाडौ महानगरपालिकामा बसेर अकुत आर्जन गरेका कर्मचारी हुन । त्यहाँबाट उनलाई तानेर सामान्यको जगेडा हुँदै गृहमा लगिएको थियो । उनी झापाको प्रमुख जिल्ला अधिकारी ताकिरहेका थिए तर झापाको सिडियो बन्ने नसकेका उनी गृह हुँदै अर्थमा पुगेका हुन । अर्थ पुगेको केही महिना पछि नै मालदार मानिने ठूला करदाता कार्यालयको हाकिमको जिम्मेवारी पाएका छन् । उनी यस्ता खेलाडी कर्मचारी हुन कि यस अघि महानगरपालिकामा सचिवको दरबन्दी थियो । खेल्नमा माहिर उनलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुने मोह जागेपछि काठमाडौं महानगरपालिकामा सचिवको दरबन्दी नै कटौती गरेर सहसचिबलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन थालिएको थियो । त्यहाँ लगेर कुस्त कमाएका उनी यस अघि रघुवीर महासेठले सिंचाई मन्त्री निजी सचिव बनेर लुट मच्चाएका थिए । महासेठ २०७४ फागुन ३ गते गठन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएपछि ज्ञवाली नै त्यहाँको कर्मचारी प्रशासनको हाकिम बने । रघुविरलाई उठाएर दिन सक्ने व्यक्ति चाहिएको थियो । उनले त्यहाँ रहँदा अकुत आर्जन गरे । त्यहाँबाट नेपाल ट्रष्टको कार्यालयमा पुग्दा त्यहाँ पनि बदनामी कमाए । उनी यस्ता कर्मचारी हुन जहाँ गयो त्यही बद्मासी गरेर त्यही बदनामी कमाउछन् । काँग्रेसी पृष्ठभूमिका राजेश्वरले आरजु देउवालाई मिलाएर चुनाव खर्च उठाउने गरी ठूला करदाताको कार्यालयमा पठाइएको अर्थ मन्त्रालयतिर चर्चा हुने गरेको छ ।
अर्थमन्त्री शर्माले महालेखा नियन्त्रकको कार्यालयमा रहेका नवराज ढुंगनालाई बीरगञ्ज भन्सारको जिम्मेवारी दिएर पठाइएको छ भने सिन्धुपाल्चोकको सिडिओ हुँदै बीरगञ्ज भन्सार पुगेका अरुण पोखरेललाई त्रिविवि भन्सार कार्यालयमा पठाइएको छ । यस्तै सुमन दाहाल वित्तीय संघियता समन्वय महाशाखाको जिम्मेवारी पाएका छन् । सहसचिव शिवलाल तिवारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको हाकिमको जिम्मेवारी दिएर खटाइएको छ । अर्थ स्रोतका अनुसार अर्थमा प्रवक्ताको भूमिकामा रहेका ढुण्डिराज निरौलालाई मध्यमस्तरीय करदाता कार्यालयमा खटाइएको छ । यस्तै महेश भट्टराईलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ । यस्तै मधु मरासिनीका आफ्नै सहोदर भाई शम्भु मरासिनी महालेखातिर सरुवा गरेर पठाएका छन् । त्यसैगरी आनन्द काफ्लेले योजना अनुगमन तथा मुल्यांकन महाशाखा र बाबुराम सुवेदीलाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *