बजारमा अखाद्य वस्तु मिठाइ, दुधमासमेत मिसावट

समाचार

काठमाडौं । नेपालीको चाडवाड सुरु भएको छ । खासगरी हिन्दूहरुको परम्परा अनुसार साउन महिना लागेपछि नागपञ्चमीबाट चाडपर्व सुरु हुन्छ । नागपञ्चमीपछि जनैपूर्णिमा, कृष्ण अस्टमी, तीज, वडा दशैं, तिहार, छठ पर्व जस्ता चाडवाडले नेपालीलाई सताउँछ । अहिले नेपालमा एकथरीलाई कहिले चाडपर्व आउला र आफ्नो धाकधक्कु, रवाफ, घर गाडी, लत्ताकपडा, गरगहना देखाउने भन्ने हुन्छ । अर्कोथरीलाई यो चाडपर्व त नआइदिएपनि हुन्थ्यो भन्ने हुन्छ । किन भने उहीहरुलाई अरुले चाडपर्व मनाइरहँदा आपूmसँग पैसाको अभावका कारण उनीहरुको दाँजोमा जान गाह्रो हुन्छ । जेजस्तो भएपनि नेपालीले आफ्नो औकात अनुसार चाडवाड मनाउँदै आएका छन् ।
चाडपर्व मनाउन बजारमा उत्पादित मिठाइको प्रकारले नेपाली जनतालाई लोभ्याउने गरेको छ । तर, बजारमा मिठाइका प्रकारले बजार रंगिन थालेका छन् । मिठाइको आइटमले नेपालीलाई आकर्षित गरेको हुन्छ । बजारमा मिठाइ र फलपूmल किन्नेको घुँइचो लाग्छ । सबै प्रकारका फलपूmलमा केमिकल मिसावट गरी नरम बनाएर बजारमा विक्रीवितरण गरिन्छ । खासगरी केरामा धेरै मात्रामा केमिकल प्रयोग गरिन्छ भने अन्य फलपूmलमा समेत रासायनिक वस्तु प्रयोग गरिन्छ । सो फलपूmल खाँदा कतिपय मानिसहरु बिरामी परेका घटना छन् । त्यसले मानिसको शरीरमा पनि असर परेको देखिन्छ । यस्तै चाडवाडका बेला मिठाइ प्रयोग गरिन्छ । सबै खालेमिठाइमा मिसावट गरी बनाइन्छ । मिठाइ बनाउँदा डाल्डा घिउ प्रयोग गरिन्छ । घिउमा पकाएको मिठाइ राम्रो बन्छ र गनाउने हुँदैन । यस्तै मिठाइ नसड्ने केमिकल प्रयोग गरिन्छ । विभिन्न ठूला मिठाइ भण्डारमा बनाएका मिठाइ सबै विक्री हुन्छ भन्ने छैन । मिठाइ पसलमा कस्तो मिठाइ बनाइएको छ भनेर त्यसको गुणस्तरको बारेमा अहिलेसम्म अनुगमन भएको छैन । मिठाइ पसलमा बनाइएका मिठाई नबिकेपछि सस्तो मूल्यमा ठूला मिठाई पसलले सस्तोमा किन्ने गरेका छन् । उक्त मिठाइलाई मेसिनमा पेलेर धुलो बनाइ गुदपाक बनाएर बेच्ने गरिन्छ । गुदपाक मात्र नभएर मिठाई समेत बनाउने गरेको स्रोतको भनाई छ । पुरानो सडेगलेका मिठाई मेसिनमा पेलेर मसिनो बनाउने र सो मिठाइमा डाल्डा घिउ प्रयोग गरिन्छ । नयाँ मिठाइको आइटम बनाएर ठूला होटल र ठूला मिठाई पसलमा विक्रीवितरण गरिन्छ । सरकारले यस्ता विषयमा अनुगमन गरी कारबाही गरेको छैन । मिठाई पसल र फलपूmल व्यापारीलाई कारबाही गरेको छैन । सरकारकै खाद्य प्रविधि तथा गुणनियन्त्रक विभागले यस्तो मिठाइ र फलफूल पसलमा अनुगमन गरेको छैन । आमनेपालीले अखाद्य सामान प्रयोग गरिराखेका छन् र आमनेपाली जनतामा व्यापारीले खेलवाड गरेका छन् । खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारी मुकदर्शक भएर बसेका छन् । अनुगमनका नाममा बैठक बसेका छन्, भत्ता खाएका छन् । सरकारी कर्मचारी कमिसनको चक्करमा व्यस्त छन् । कतिपय मिठाई पसलमा बनाइएका रसबरी, लालमोन, पेडा, लड्डु आदि सामान मिठाई पसलबाट विक्रीवितरण गरिन्छ । यस्तै मिठाई भण्डारदेखि चिया पसलमा पाइने डुनोट, क्रिम डुनोट, केक जस्ता सामान बनाउँदा पुरानो पाउरोटी, चियापसलबाट फिर्ता भएको डुनोट, विस्कुट, केक जस्ता खाद्यान्न मेसिनमा पेलेर सडेगलेका अण्डा र डेट सकिएको मैदा प्रयोग गरिन्छ । यसरी बनाइएका सामान बजारमा विक्रीवितरण गरिएको पाइन्छ । सरकारले यस्ता विषयमा ध्यान दिएको छैन । सरकारी निकायका कर्मचारीले ध्यान दिएका छैनन् । किन कि यो सबै राजनीतिक दलको कारण यस्तो विकृति पैmलिएको छ । बजार, पसल, होटल, रेष्टुरा जस्ता ठाउँमा कस्तो खालको सामान प्रयोग गरिन्छन् र होटेल, रेस्टुरेन्ट क्याफेले कस्तो खालको सामान प्रयोग गरेका छन् । यसको अनुगमन छैन । चाडवाड लागेको छ । व्यापारीले सामान पाइँदैन भन्दै सामानको मूल्य बढाएका छन् । यतिखेर नेपाली दिदीबहिनी, दाजुभाइ, बुबाआमालाई तीज लागेको छ । बजारमा मिठाईका आइटमहरु थरीथरीका बन्दैछन् । कति मिसावट होला कति केमिकल प्रयोग गरिएका होलान् । कृषकले उत्पादन गरेको दुधको मूल्य किसानले पाएका छैनन् । दुधडेरी सञ्चालन गर्नेले दुधमा पानी मिसाएका छन् । पाउडर मिसाएका छन् यसको अनुगमन कसले गर्ने हो डीडीसी जस्ता दुध विकास संस्थानले कस्तो संस्था चलाएको छ । दुग्ध विकास बोर्डले के काम गर्छ सबै बजारमा दुधमा मिसावट छ कतिपय दुग्धमा केमिकल मिसाएर विक्री गरेको छ । जसमा दही, घिउ, मोही जस्ता दुग्धजन्य पदार्थमा चरम लापरवाही हुँदा सरकार रमिते बनेर हेरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *