आगामी निर्वाचनमा एमाले ‘ठूलो होइन, सानो’ बन्ने

राजनीति समाचार

काठमाडांै । मंसिर ४ को चुनावलाई केन्द्रमा राखेर नेताहरु चुनावी माहोलमा होमिइँदै छन् । भने, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द््र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतका भ्रातृ संघ, संगठनहरु अहिले गुमनाम जस्तै भएका छन् ।

चुनाव जति नजिकिँदै छ, त्यसको अनुमापनमा राजनीतिक दलका भ्रातृ संघ, संठनहरु चलायमान अवस्थामा छैनन् । किन कि विभिन्न राजनीतिक दलका संघ, संगठनहरुमा आवद्ध अध्यक्ष, महासचिव, सचिव, उपाध्यक्ष जस्ता पदाधिकारीहरु राजनीतिक दलको रोजाइमा पर्ने गरेका छन् । संघ, संगठनमा लागेर लामो बलिदानी गर्ने कार्यकर्ताहरु पलायन बन्दै छन् ।

किन कि नेताहरुले चाकडी, चाप्लुसी गर्ने कार्यकर्ता खोज्छन् । तर, पार्टी संगठनभित्र काम गर्ने र संगठन बलियो बनाउने इमानदारपूर्वक काम गर्ने, नेताको चाकडी नगर्ने जस्ता इमानदार कार्यकर्ता निरास बन्दै गएको कारण गत स्थानीय निर्वाचनमा पनि कार्यकर्ता खासै यो हाम्रो पार्टी हो, हाम्रो नेता हो, यसलाई जिताउनुपर्छ भनेर कार्यकर्ताले कुनै आवाज निकालेनन् । र, राजनीतिक पार्टीका कार्यकर्ता स्थानीय चुनावमा मरिमेटेर खटेको पनि देखिएन ।

र आगामी मंसिर ४ मा हुने संघ र प्रदेश चुनावमा कार्यकर्ताले पहिलाको जस्तो खट्ने अवस्था देखिँदैन । र, राजनीतिक दलभित्रका सबै कार्यकर्ता असन्तुष्ट रहेको देखिन्छ । यसले के देखाउँछ भने राजनीतिक दलका नेताले वास्तविक कार्यकर्तालाई बिर्सिएको र फटाहा, गफाडी, सुलसुले जस्ता कार्यकर्ता नेताले बोक्ने भएपछि इमान्दार र पार्टीलाई योगदान दिने कार्यकर्ता निराश बन्दै गएका हुन् । यस्तै रहवैया नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जसपा, लोसपा र एकीकृत समाजवादी जस्ता राष्ट्रिय पार्टीभित्र कार्यकर्ता तानातानको अवस्था सिर्जना भएको छ ।

तर, अधिकौंश अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने लहर बढेको छ । तर, प्रवेशको लहर बढेपनि पार्टी संगठनको लागि केही योगदान दिन नसक्ने, पार्टीभित्र गुटबन्दी गर्ने जस्ता व्यक्ति एमालेले भित्र्याउँदै छ । किन कि पहिला एमालेका नेताहरु इमानदार थिए । सबै नेपाली जनताले एमालेलाई मन पराउँथे । अहिले एमालेभित्र गुटबन्दी हावी भएको छ । नेताहरु भ्रष्टाचारी भएका छन् । पार्टीभित्र नचाहिँदो शब्द प्रयोग गरेका छन् । यसैगरी एमालेभित्र नातावाद, कृपावाद मात्रै चल्दै जाने हो भने आगामी निर्वाचनमा ठूलो पार्टी होइन, सानो पार्टी बन्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *