डा.शेखरलाई सुजाता र डा.शशांकले साथ नदिने

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा चुनाव हारे पनि भाग खोज्दिन, जसले सभापति जित्छ उसलै ५ वर्षसम्म पार्टी हाँक्नुपर्छ भनेका कांग्रेसका नेता डा.शेखर कोइराला अहिले आएर ४२ प्रतिशत कोटा खोजिरहेका छन् । यो समूहको भेला राजधानीमा मात्र होइन, प्रदेश राजधानीहरुमा पनि भइरहेका छन् । भदो १२ गते विराटनगरमा पुगेर आयोजित भेलामा सहभागीहरुले डा.शेखरको अस्तित्व बचाउन संस्थापनको एकलौटी निर्णय नसहने बताएका छन् । तर डा.शेखरलाई डा.शशांक, सुजाताले समेत साथ दिएजस्तो छैन । महंगो चुनाव लड्ने कि छाड्ने भन्नेमा धेरै नेता अडेका छन् ।
डा.रामशरण महत पावरलेस भएपछि कमजोर बन्दैछन् ।

अर्जुननरसिंह केसीको हालत उस्तै छ । केसीको वंशवाद नुवाकोटमा शिथिल छ । गुण्डा नाइके कुमार घैंंटेको हत्यापछि राजनीति खस्किएको छ । पर्खाल काण्डको इतिहास बनाएका बल बहादुर केसी सोलुमा भ्रष्टाचार गर्न सफल हुँदा त्यसको रापतापले खुम्चिएका छन् । महेश आचार्य र डा.शेखरले चुनाव हार्ने, डा.मिनेन्द्र रिजालले चुनाव जित्ने अचम्म पनि कांग्रेसभित्र चर्चामा छ । रिजाल पहिला डा.शेखर प्यानलबाट महामन्त्रीका उम्मेद्वार भएका थिए । तर गगन थापाले जिते । उनले हारे । आफ्नो टिम सुरक्षित राख्न पनि डा.शेखरलाई संस्थापनासँग भिडेर देखाउनुछ ।

अहिले एमालेका अध्यक्ष केपी ओली र डा.शंकरलाई दक्षिणको इशारा मिल्छ । भित्री योजना एकले अर्काेलाई सहयोग गर्ने छ । झापा ५ मा डा.शेखर पक्षले अन्तर्घात गर्दै छ भने मोरङ ३ मा लालबाबुमाथि एमालेले अन्तर्घात गर्दैछ । लालबाबु पण्डित एमालेका १० भाइ भित्र पर्छन । एमाले संस्थापनले १० र माओवादीबाट गएका ५ जनालाई स्थानीय तहमै राख्ने दाउ थियो । राजनीति हो, काठमाडौं ५ मा पनि केपी ओलीले ईश्वर पोखरेललाई हराउँदैनन् भन्ने छैन ।

किनकि केपी ओली आफु हार्ने निश्चित भयो भने ईश्वरलाई संसदमा पार्टीको सर्वाेच्च नेता बनाउँदैनन् । किनकि उपप्रमसहित रक्षामन्त्री भएको बेलामा सेनासँग पोखरेलको राम्रो सम्बन्धले ओलीकै बद्नाम बनाएको थियो । कोरोना संक्रमणको समयमा भएका सामान खरिदमा ईश्वर पोखरेल जोडिएका छन् । हुकाम, बतास, ओम्नी, थामसेकजस्ता कम्पनीबाहेक दुगड, चौधरीहरुको मेलोमेसो मिलाउने पनि तिनै ईश्वर पोखरेल थिए भन्ने गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *