प्रतिसिलिण्डर १०० रुपैयाँले घट्यो ग्यासको मूल्य

समाचार

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले डिजेल र पेट्रोलको मूल्य बढाएर पठाएको छ भने ग्यासको घटाएको छ ।

नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैया ४९ पैसा र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ १२ पैसा बढेर आएको छ ।

तर, खाना पकाउने एलपी ग्याँसको मूल्य भने घटेर आएको छ । एलपी ग्याँस प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *