प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता

राजनीति समाचार

काठमाडौं । आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सकस भइरहेका बेला कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । बिहान ९ बजेपछि देउवा र प्रचण्डबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । आजै सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक पनि बस्दैछ । बैठकअघि प्रचण्ड र देउवाबीच छलफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *