कृषक समूह गठन गरी १५ वर्षपछि थालियो सामूहिक गहुँखेती

अर्थ/वाणिज्य समाचार स्थानीय तह

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ घलडाँडामा १५ वर्षपछि कृषक समूह गठन गरी सामूहिक गहुँखेती हुन थालिएको छ ।

उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदा पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको हो । यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् । घलडाँडा कृषक समूहमा आबद्ध भई हाल २० रोपनी जग्गामा कृषकले व्यावसायिक रूपमा गहुँखेती सुरु गरेका छन् । हाल गाउँपालिकाले बीउ र प्रविधिमा जोडेपछि यसलाई निरन्तरता दिन कृषकहरूले सामूहिक खेती गर्न लागेका हुन् ।

गाउँपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादित कृषि सामग्री बिक्री वितरणका लागि पालिकाले हाटबजार चलाएकोहुँदा स्थानीय उत्पादन सहज रूपमा बिक्री वितरण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँको बाझो जमिनको उपयोगका लागि सामूहिक खेती प्रणालीको विकास र विस्तरमा योजना बनाइरहेको उल्लेख समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *