काठमाडौं । बाराको एक सुधार केन्द्रमा युवकको गए राति मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–४, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको हो । महतोको शव शंकास्पद देखिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित सात जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । घटना अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको परिचय प्रहरीले खुलाएको छैन । मृत फेला परेका महतोको शव पोस्टमार्टमका निम्ति प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।