सुदूरपश्चिममा सभापति चयनका लागि मतदान हुँदै

समाचार सुदूरपश्चिम प्रदेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि आज मतदान हुँदैछ ।

प्रदेश सभा सचिवालयका अनुसार आज बिहान १० देखि ११ बजेसम्म सभापतिका उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ भने १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही सुरु गर्ने कार्यसूची छ । त्यसपछि निर्वाचन परिणाम घोषणा गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

दलहरुले चार सभापतिका लागि भागबन्डा गरेका छन् । जसअनुसार एमाले, कांग्रेस, माओवादी र नागरिक उन्मुक्तिले एकरएक सभापति लिएका छन् । सोही अनुसार सभापतिका लागि एकरएक जनाको मात्रै उम्मेदवारी परेको छ ।सामाजिक विकास समितिको सभापतिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिमा नाउपाका घनश्याम चौधरी, सार्वजनिक लेखा समितिमा माओवादी केन्द्रका अक्कलबहादुर रावल र विशेषाधिकार समितिको सभापतिमा तुलसी देवकोटाले मनोनयन दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *