व्यापारीको चंगुलमा सरकार, राज्यकोषमाथि लुटतन्त्र

समाचार

काठमाडौं । यो मुलुकमा कसैको बोलबोल र दबदबा छ त कि त ठूला व्यवसायीको वा दलालको । जस्तो चन्द्र ढकाल,दीपक मल्होत्रा,आङछिरिङ शेर्पा,पशुपति मुरारक्का,शेखर गोल्छा,भवानी राणा हुन वा दीपक भट्ट । जे चल्छ तिनकै चल्छ । उनीहरुले भनेअनुसार नै बन्छ ऐन कानुन । कतिसम्म भने जतिखेर पद्या अर्याल भूमिसुधार मन्त्री थिइन उनले दीपक मलहोत्राकालागि झापाको गिरिबन्धु टी–स्टेटको जग्गा मिलाइदिइन । त्यही मिलाउनका लागि पद्यालाई केपी शर्मा ओलीले भूमि ब्यवस्थामा पु¥याएका थिए र त्यहाँ पुगेर गिरिबन्धु टि स्टेटमा हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्वीकृति दिलाइएको थियो ।
यस अघि नै गिरिबन्धु टी–स्टेटले व्यवसायी मल्होत्राकै योजनामा हदबन्दी छुटको जग्गा सट्टापट्टाका लागि पटक पटक निवेदन दिएको थियो । तर, सफल भईसकेको थिएन । पछिल्लोपल्ट १९ पौष २०७७ मा र १४ माघ २०७७ मा पनि उसले निवेदन दिएको थियो । त्यसपछि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले १३ बैशाख २०७८ मा गिरिबन्धुको हदबन्दी छुटको ३४३ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टापट्टा गर्न अनुमति दियो । सट्टापट्टाको अनुमति पाएसँगै उब्जनी नहुने र काम नलाग्ने कुनै ठाउँको जग्गा चिया बगानको ३४३ बिघा १९ कट्ठा १२ धुरसँग साटेर उक्त जग्गालाई प्लटिङ गरेर बेच्न वा त्यहाँ ‘ब्यापारिक कम्प्लेक्स’ बनाएर भाडामा लगाएर कमाउन मल्होत्रालाई बाटो खुलेको हो । यसरी हदबन्दी भन्दा बढीको जग्गा सट्टापट्टा गर्न कानुनले नै रोकेको भएपनि मल्होत्राले राजनीतिक शक्तिको आडमा गिरिबन्धुको जग्गा ‘रियल स्टेट’मा प्रयोग गर्ने गरी सट्टापट्टाको स्वीकृति पाएको खुलेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्याले दीपक मल्होत्राको पक्षपोषण गर्नेगरी यस्तो निर्णय गरे वापत पद्या अर्याल मन्त्री हुँदा गरिएको थियो । सो वापत अरु भेटी कति चढाए त्यो त पछि खुल्दै जाँदा तर मन्त्रीबाट हटेपछि पद्याका लागि डिल्लीबजारमा रहेको सिल्भर अर्पाटमेन्टको एउटा फ्ल्याट नै निशुल्क उपलव्ध गराइनुले पनि पद्या र दीपकबीचको कनेक्सनको धेरै पाटो खुल्दछ ।
उसो त मल्होत्रालाई पनि अर्काे विनोद चौधरीको रुपमा हेर्न थालिएको छ । धेरैतिर व्यापार डुबेपछि उनी अहिले कृषितिर लागेका छन् । उता सरकारी अधिकारीहरुले चाहिँ मल्होत्राले नेपालका लागि सामसुङ मोबाइलको आधिकारिक बिक्रेता कम्पनी इन्टिग्रेटेड मोबाइल सोलुसन (आइएमएस वल्ड) प्रालिका सञ्चालक दीपक मल्होत्राले दुबई मोबाइल निर्यात गरेको भनी देखाएको विवरण नै शंकास्पद रहेको र उनले कर छली गर्दै आएको सरकारी अधिकारीहरुले बताएका छन् । मल्होत्रा शतप्रतिशत भ्याट फिर्ता माग्न गएपछि ठूला करदाता कार्यालयले विवरण केलाएर हेर्दा शंकास्पद पाइएको ती अधिकारीहरुको ठहर छ ।
कर्मचारी,प्रहरीदेखि मिडियाकर्मीसम्मलाई हातमा लिएर व्यापारीहरुले राज्यकोषमा लुट मच्चाउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *