सबैभन्दा राम्रो व्यापार ः कर्मचारी सरुवा

समाचार

काठमाडौं । कोही कर्मचारी आफ्नो नियुक्ति र थमौतिका लागि लाखौ रकम सहजै बुझाउन किन र के कारणले तयार हुन्छ ? अनि यसरी थैली बुझाइएको महिना÷दुई महिना नबित्दै सरुवा हुनुपर्दा उसको नियति कस्तो होला ?
अहिले सिंहदरबारभित्रै सबैभन्दा बढी मौलाएको धन्दा हो सरुवाको खेती । मन्त्रीहरु समेत अरु काम छाडेर अहिले यही काममा व्यस्त छन् । अझैं ४ मंसिरका कारण २० भदौंदेखि सरुवाको काम ठप्प हुँदैछन । यही बीचमा हरेक मन्त्रालयले केही कर्मचारी फाल्ने र केहीलाई तान्ने धन्दा चलाए । यस्तैमा पिसिए सुरेश राउत । उनी वर्तमान मन्त्री इस्तियाक रायभन्दा अघिको मन्त्री रेणु यादवलाई मोटो रकम बुझाएर त्यहाँ पुगेका थिए तर दुई महिनामै फालिए त्यहाँ अहिले कामभन्दा पनि बढी लोकसेवाको किताब लेख्ने र पढाउनका लागि इन्स्टिच्यूड धाउनमा व्यस्त डा टोकराज पाण्डेय पुगेका छन् । पाण्डेयलाई पर्यटनबाट यातायातको डिजी बनाइएको हो । उनी उपसचिव हुँदा त्यही बसेर राम्रै आर्जन गरेका कर्मचारी हुन ।
अर्काे सहसचिव छन बसन्त अधिकारी उनी साढे दुई बर्ष संघीय मामिला तथा सामान्य प्रशासनमा बसे । नयाँ सचिव अर्जुन पोखरेल आएसँगै त्यहाँबाट सरुवा मिलाएर काठमाडौं महानगरपालिकामा सरुवा भएका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय लोकराज पौडेलले आफ्नो सरुवा थमौतिका लागि मन्त्रालयमा २५ लाखको खोका बुझाएको चर्चा थियो तर त्यो खोकाले काम गरेन । उसो त रामकुमारी झाक्री मन्त्री भएलगतै शहरी विभागको हाकिम परिवर्तन गरिन । उनले त्यतिखेर त्यहाँका डिजी बनाएर पठाइन पदम मैनालीलाई । मैनालीले राम्रै खर्चको व्यवस्था गरेर विभागको डिजी बनेको चर्चा थियो तर बुझाएको पैसा पनि असुल उपर नहुँदै सरुवा हुनेमा परे । यसैगरी केही बर्ष अघिमात्र गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्नका लागि आठ लाख खर्चे गरेको चर्चा मन्त्रालय बृत्तमा हल्ला छ । त्यतिखेर त्यहाँ जानका लागि नापी विभागका एक उपसचिव लागि परेका थिए तर द्रव्य बुझाउन नसक्दा उनी गोदावरी जानबाट रोकिए । अहिले पनि बिरेन्द्र नगरपालिकामै छन् । उनी उपसचिव भए यताको समय अधिकांश नगरपालिकामै बिताइरहेका छन् । कृषि मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका आफूभन्दा सिनियर हाकिमहरुलाई फसाएर मुद्धा मामिला लगाउन सफल मतिना वैद्यको कथा पनि उही हो । दुगर्ममा उनको सरुवा हुँदा उल्टाएर बाटैबाट बाग्मती प्रदेशमा सचिव भएर खटिएकी उनले गरेका निर्णय विवाद्स्पद छन् । उक्त निर्णय उपर अहिले अख्तियारले छानबिन गर्दै छ । त्यहाँबाट तानिए लगतै खाद्य प्रविधिमै पुगिन मन्त्रीलाई भेटी चढाएर । अर्काे हाकिम छन् औषधि व्यवस्था विभागमा । त्यहाँ हाकिमको कुर्सीमा छन् भरत भट्टराई । दुई पत्नीवाला,जेठी श्रीमतीको सन्तान नहेरेको आरोप छ उनीमाथि । उनी यति धेरै खेलाडी कि, स्वास्थ्यमन्त्री विरोध खतिवडाले २५ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै औषधि व्यवस्था विभागका हाकिम नारायण ढकाललाई खुमलटारस्थित राष्ट्रिय प्रयोगशालामा पठाए भने त्यहाँबाट भरत भट्टराईलाई तानेर ल्याएका थिए । महिनौंसम्म भट्टराईले कुर्सी छाड्न मानेनन ।एउटै कार्यालयमा दुई जना हाकिमले हाजिर गरेर तमासा देखाए । यसरी सो अड्डामै जान र टिकिरहनका लागि दुबै कर्मचारीले जोडबल गर्नुको पछाडिको कारण थियो दक्षिणतिरको हित हुने गरी काम गर्ने र करोडौं शुभलाभ प्राप्त हुनु । अहिले उनै भट्टराई औषधिको डोज बढाएर जनताको स्वास्थ्यमाथि खेलवाड गर्दैछन । समाजवादीका मन्त्री विरोध खतिवडाका सल्लाहकारलाई राम्रै दक्षिणा बुझाएर त्यहाँ पुगेका उनी बुझाएका रकम असुल उपर गर्ने खेलोमा लागेका छन् । भने नारायण ढकाल चाहिँ जता खटाए पनि औषधि व्यवस्था विभागबाहेक अन्यन्त्र कतै हाजिर नहुने अड्डी कसेर कामै नगरी राज्यको तलब खाइरहेका छन् ।
बबरमहलकै अर्काे अड्डा छ नागरिक उड्डयन प्राधिरकण । कनिष्ट प्रदीप अधिकारी त्यहाँका हाकिम । अघिल्ला पर्यटनमन्त्रीलाई राम्रै व्यवस्था गरेर उनी त्यहाँ पुगेका अहिले संस्था डुबाएर भए पनि आफू कमाउने धन्दामा तल्लीन छन् । यसरी द्रव्य बुझाएर विभाग र विभिन्न निकायमा पुग्ने कर्मचारीले राष्ट्रको हितमा काम गर्दछन कि आफ्नो हितमा ? खोज्ने कस्ले ? यस्ता कर्मचारीलाई कसले कारवाही गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *