काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीमा दुईजना उखाने बाहरु रहेका छन् । एकजना चित्रबहादुर केसी नेकपा मसानलका पुराना र एकलकाटे क्रान्तिकारी मोहन विक्रम सिंहका भक्त । अर्का उखाने बा छन् विश्वमा आफूभन्दा जान्ने कोही नदेख्ने । पार्टीलाई सामुहिकतामा होइन ओली ब्राण्डमा चलाउन खोज्ने । वाममोर्चाबाट बहुमतको सरकार बनाउँदा उनै प्रधानमन्त्री भएका थिए । तर देशलाई विकास समृद्धि पथमा होइन ओम्नी हुकाम, बतास पथमा लगेर जनताको बहुदलीय जनवाद लागू गर्ने योजनाले देश डुब्न पुग्यो ।
एमालेका संस्थापकहरु, माधव नेपाल, मझलनाथ खनाल, वामदेव गौतमसमेत उखाने बासँग बस्न सकेनन् । केपी ओलीले महाभ्रष्टहरु च्यापे । दूगड, साहिब अग्रवाल, दूर्गा प्रसाईंलाई ठिक ठाने । देशले केपी ओलीको लागि २०५४ असारदेखि २०७२ फागुनसम्म १७ करोड ६६ लाख ६७ हजार खर्च ग¥यो । यो देखावटी थियो । उनी प्रधानमन्त्री बन्दा बैंककमा पुगेर गरेको उपचार खर्च एनसेलका शतिशलाले बेहोरेवापत राज्यले ७६ अर्ब उठाउन सकेको छैन । उखाने बाले २ पटक संसद भंग गरेपनि मनपरी गर्न नपाउँदा २०७७ पुस ५ गते संसद भंग गरे । सर्वाेच्च एमालेले गलत कदम चाल्यो । पूर्वस्थापित संसद २०७८ जेठ ८ गते फेरी भंग गर्दा सर्वाेच्चले त्यही साल असार २८ मा संसद ब्यूँतायो । संसद भंग गर्नुकाने कारण माधव र प्रचण्डको कारणले गर्दा संसद भंग गरेको भनाई रहेको छ ।
ईश्वर पोखरेल, शंकर पोखरेल, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विष्णु पौडेल, प्रदीप ज्ञवालीजस्ता नेताको लागि केपी ओली विष्णुको अवतार भए । उखान जानेका ओलीले रिस खा आफू बुद्धि खा अर्काे गर्दा अहिले सत्ता गठबन्धन बलियो बन्न सकेन । गठबन्धन सरकारले जे मन लाग्यो त्यो बोल्न छुट छ । कानूनभन्दा यी माथि छन्, ओलीको संगठन बनाउने शैली उखान टुक्का छेडछाडले गर्दा उनकै हैसियत एमाले पार्टीमा छैन । पार्टीलाई जनताले पत्याउँदा नेतालाई पत्याएनन् । प्रचण्ड र माधव, झलनाथ, वामदेवले भनेअनुसार शासक बनेको भए यिनको पद जोगिन्थ्यो । तर अहिले बार्दलीबाट झुण्ड मुसुण्डलाई उकास्दै छन् । चस्केको मन शान्त पार्न ठाउँ खोज्दै छन् ।