डीआईजीका घुमुवाले सीमा नाघे

समाचार

काठमाडौं । सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, एआईजी नारायण दत्त पौडेल मिलेर बोर्डर पोष्टका इञ्चार्जहरुलाई धम्काएर हैरान पारेका सीमा एआर्यजी चन्द्रप्रकाश गौतमजस्ता भ्रष्टहरुले संस्थागत बद्नामी गरेकै छन् । प्रदेश एकका कमल गिरीले आठ ट्रक सुपारी पास गर्दा भन्सारले समात्यो । भर्खर डीआईजी भएका जनपथका सुदिप गिरीलाई बालुवाटारकै आदेश थियो । आठ ट्रक सुपारी काण्डले मोरङ रानी भन्सार हल्यिो । केन्द्रबाट सबैतिरको घुमुवा हटाएको दाबी गर्ने आईजीपी राजु अर्याललाई आफ्नै विश्वासपात्र डीआईजी कमल गिरीले झापामा रमेश कुँवर र सिकेन्द्र कुमारको टोली घुमुवाको रुपमा खटाएको पत्तो छैन । हलचोकले पनि सादा पोशाकका घुमुवा घटाएको छ ।
सीमा सुरक्षा पोष्टको निगरानी गर्ने झापाली एआईजी सिपी गौतमले पनि डीआईजी गिरीलाई पनि बुझाउनै पर्ने भएपछि असई सिकेन्द्र कुमार त्यही ठाउँमा नबस्ने भन्न थालेका छन् । डिआईजी गिरी कुमारको ठाउँमा अपाm्नै मान्छे खटाउने तयारीमा थिए । तर गिरीलाई केन्द्रबाटै आग्रह भयो । घुमुवाको रुपमा सिकेन्द्रलाई त्यही राखे । अहिले सिकेन्द्र र रमेश दुबैले प्रदेशको डीआईजीभन्दा केन्द्रका एआईजी गौतमको आदेश मान्नुपर्ने भएको छ । उनीहरु डीआईजीकै नाममा उठाउन गाडी लिएर हिड्ने गर्छन । प्रदेश १ मा झापा, मोरङ, सुनसरी चाँदी कटाई हुने ठाउँ हुन् । डीआईजी गिरीले शुरुमा चिनी तस्करलाई सहयोग गरेका थ्एि । उनी जानासाथ सुनसरीका एसपी माधव पौडेल सरुवा भए । त्यहाँ विक्रम हुमागाईं गए । मोरङमा राजकुमार लामिछाने गएका छन् । कमल गिरीको आदेश मान्नै प¥यो । मासिक बुझाउने पक्षमा छैनन् । गिरीको पहुँच डीआईजीको भन्दा ठूलो छ । झापामा वंशी दाहालले जस्तो बनाए त्यस्तै छ । त्यहाँ दाहालकै भाइ भन्सारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *