बालुवाटारबाट डा.महत आउट

समाचार

काठमाडौं । नुवाकोटे महतहरु क्रमश शक्ति केन्द्रबाट टाढिँदै गएका छन् । डा.रामशरण महत शिथिल भइसकेका छन् । उनी सत्तामा हुँदा कोइराला वंशको शासन थियो । कोइरालाहरु सकिँदै गए । डा.रामशरण थन्कँदै गए । सभापति शेरबहादुर देउवाको पछि लागेर दोउवा समूहकै प्यानलबाट महामन्त्री उम्मेद्वार बनेका डा.प्रकाशशरण महत पनि पराजित भए । डा.रामशरणको लागि देउवा समूहका बालकृष्ण खाण, महेन्द्र यादवहरुको टीम सहयोगी भएनन् । पार्टी महामन्त्रीको पद पनि पाएनन् । मनोनित केन्द्रीय सदस्यले कस्तो स्थान पाउने त्यो पनि डा.आरजु राणा, मञ्जु खाँडका अगाडि महत पत्नी गणनामा पर्दिनन् ।
गृह जिल्ला नुवाकोट क्षेत्र नं. १ मा पहिला पनि माओवादीले जित्यो । स्थानीय तहमा पनि माओवादी अगाडि छ । त्यस्तो ठाउँमा डा.प्रकाशशरणले कसरी ठाउँ पाउलान् ? यता काठमाडौं ५ मा महतले ध्यान दिन्थे भने स्थानीय तहको चुनावको दिनमा हरेक मतदान केन्द्रमा घुम्नुपथ्र्याे । तर उनले एक पटक चुनाव पराजित भएपछि त्यही ठाउँमा फर्केर आउँछु भन्ने सोचेनन् । अहिले डा.महतलाई त्यसैले अल्मल्याएको छ । त्यसो त कांग्रेसको हस्ती भनिएका नुवाकोटका अर्जुननरसिंह केसी, डा.रामशरण महतसमेत यसपटक उम्मेद्वार सिफारिसमा परेका छैनन् । महत र केसी मोत्र होइनन, सोलुका बलबहादुर केसीसमेत यसपटक जिल्लाबाट सिफारिसमा परेनन् । बलबहादुर केसी पहुँचमा छँदासम्म विकास निर्माणको काममा भाग छुट्याउनुपर्ने बाध्यता थियो । एक वर्षमा सातजना एलडीओ सरुवा गर्ने केसीको ताकत अब भने घटेको देखिन्छ । किनकि केसीलाई जिल्लाले नै पत्याएको छैन । ‘कांग्रेस भित्रको पुराना नेतालाई टिकट चुनावमा मात्र दिएर हुँदैन । अब उम्मेद्वार छनौटमा पनि जिल्लाबाट ख्याल गर्नुपर्ने अवस्था छ’, एक केन्द्रीय सदस्य बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *