साल्ट्र टे«डिङ कर्मचारीमाथि उजुरी

समाचार

काठमाडौं । नेपालमा एउटा चलन चलेको छ । राजनीतिक दलका नेताले सधैंभरि सभापति, पार्टी अध्यक्ष भइरहने चलन चलेको छ । यिनै नेता प्रधानमन्त्री, मन्त्री बन्ने खेलोफड्को गरेजस्तै सार्वजनिक संघ संस्थानदेखि प्राइभेट बैंकिङ क्षेत्रमा एउटै व्यक्ति पदमा बसिरहनु कत्तिको उचित हुन्छ । यस्तै अधिकांश सरकारी संस्थानमा नेपाल सरकारको स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी कार्यकारी प्रमुख उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङमभा १२ वर्षसम्म बस्न सफल भएकी छन् । साल्ट टे«डिङ कर्पोरशनलाई चलायमान बनाउनु पर्नेमा उल्टै साल्ट ट्रेडिङ भजाएर खान र एउटै पदमा १२ वर्ष बस्न सफल भएकी छिन् । साल्ट ट्रेडिङ कम्पनीलाई धरासायी बनाउन लागिपरेका छन् यसका सञ्चालक, कार्यकारी प्रमुख तथा अन्य कर्मचारीहरु । साल्ट ट्रेडिङमा विगत लामो समयसम्म एउटै व्यक्ति पटक–पटक कार्यकारी भएर बस्न सफल उर्मिला श्रेष्ठलाई साल्ट टे«डिङ चलायमान बनाउन नसकेको आरोप छ । सञ्चालक समितिमा आफ्नो भाइलाइ सदस्य बनाएकी उर्मिला नै पटक–पटक कार्यकारी बनेको भन्दै उद्योग तथा वाणिज्य मन्त्रालय र अख्तियारमा उजुरीसमेत परेको छ । उर्मिला श्रेष्ठको कार्यकाल पहिलो २०७१ असारसम्म मात्र रहेको थियो । पटक–पटक सञ्चालक समितिले म्याद थपगरी संस्थालाई दुहुनो गाई बनाएर आफ्ना भाइ प्रदिपलाल श्रेष्ठलाई सञ्चालक समितिको सदस्य भएपनि उर्मिलाको म्याद पटक–पटक थपेको बताइन्छ । साल्ट टे«ेडिङले विमिन्न व्यक्ति र संघ संस्थाको ३० करोडभन्दा बढी ऋण दिएको सो ३० करोड डुब्नेअवस्थामा पगेको देखिन्छ ।
जब कि साल्ट टे«डिङले नुन, चिनी, मल खरिदमा चरम भ्रष्टाचार गरी गैरकानुनी रुपमा कर्मचारी बढुवा गर्ने र आफु निकटको व्यक्तिलाई राम्रो ठाउँ दिने गरेको आरोप कार्यकारी निर्देशक उर्मिला माथि आरोप छ । उनको विरुद्धमा बोल्ने र संस्थामा यसरी खेलवाड गर्न पाइँदैन । संस्थालाई चलायमान बनाउनुपर्छ भन्ने कर्मचारीविरुद्ध उर्मिला श्रेष्ठले मनलाग्दी गरेको बताइन्छ । कतिपय कर्मचारी बढुवा नभएर बस्नुपर्ने समस्याले अधिकांश कर्मचारीभन्दा करार र ज्यालादारी कर्मचारी साल्ट टे«डिङमा धेरै छन् । साल्ट टे«डिङमा उर्मिलाको असक्षमताले गर्दा संस्था चलायमान हुन नसकेको आरोप लाग्दै आएका छ । कार्यकारी अधिकृत, निर्देशक उर्मिला श्रेष्ठमाथि छानविनको लागि भन्दै उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियारमा उजुरी परेको बताइन्छ । अधिकांश शेयरधनीहरुले बैठकबसी उर्मिलाबिरुद्ध उजुरी दिएको एक शेयरधनीले तामाकोसीलाई बताए । ती पीडित शेयरधनीका अनुसार साल्ट टे«डिङमा संस्थालाई हित हुने कामभन्दा पनि संस्थालाई कसरी भजाउन सकिन्छ भन्ने सोचिरहेको संख्या बढेको पीडितको दाबी छ । हाल नेपालमा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाहरु सबै बन्द भइसकेका छन् । बाँकी भनेको खाद्य संस्थान, आयल निगम, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल एयरलाइन्सलगायत बाँकी छन् । अन्य संस्थान राजनीतिक दलको अनैतिक व्यवहारले तहसनहस भइसकेको छ । अहिले एक मात्र साल्ट टे«डिङमा उर्मिला श्रेष्ठले १२ वर्षसम्म पटक–पटक एउटै पदमा बसिरहनुभएको ऐन, नियम परिवर्तन गरी आफ्नो भाइ, साल्ट टे«डिङको सञ्चालक समितिको सदस्य र शेयर होल्डरलाई हातमाहात मिलाएर साल्ट टे«डिङमा भं्रष्टाचारको आतंक मच्चाइएको छ ।
उर्मिलाका विरोध गर्ने कर्मचारी र शेयर होल्डर कारबाहीको भागिदार हुनुपरेको छ । विगत लामो समयसमम साल्ट टे«डिङ सम्हाल्नु भनेको संस्थाको पैसामा विभिन्न राजनीतिक दलका नेतालाई रिझाउने र मन्त्रालयका कर्मचारीको चाकडी गर्ने अर्थमन्त्रालयका कर्मचारीलाई समेत गुमरामा पारेर साल्ट टे«डिङलाई धरासायी बनाएको एक कर्मचारीले नाम बताउने शर्तमा गुनासो पोखेका छन् । यस्तै साल्ट टे«डिङमा उर्मिला मेडमको चाकडीमा केही वरिष्ठ कर्मचारी पनि लागिपरेका छन् ।
साल्ट टे«डिङमा अहिले पनि कर्मचारी भेट्नु वा सूचना लिनुपरेमा राजाको शासन जस्तै बक्साउनुपर्छ । सूचना समेत लुकाउने गरिन्छ । साल्ट टे«डिङले वार्षिकोत्सव मनाउने बेलामा विभिन्न कुरा गरेर जनतालाई यो तपाईंहरुको संस्था हो । यसलाई मलजल गरेर खान पाइन्छ भन्दै तारे होटल र पाटी प्यालेसमा रात्रीभोज आयोजना गर्ने गरिएको थियो । तर, कोरोनापछि साल्ट टे«डिङले साधारण सभा गर्दा खर्च कम देखाएको छ र सो खर्चको नक्कली बिल पेश गरेर खाने गरेका छन् । र, कतिपय नेपाल सरकार र अर्थमन्त्रालयका सचिव, उपसचिवदेखि ठूला घरानाका पत्रकारलाई गालीगलौज गरेर यो एउटा संस्था बाँकी छ तर ठूला सचिव र ठूला, पत्रकारले देख्न सकेने भन्ने गुनासो एक वरिष्ठ अधिकृतले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *