काठमाडांै । सरकारले संघ र प्रदेशको निर्वाचनको लागि कर्मचारीहरु सरुवा, बढुवा गरेको छ र अभैm पनि निर्वाचन आचारसंहिता लाग्नुअघि केही महत्वपूर्ण ठाउँमा सचिव, सहसचिम, उपसचिव, शाखा अधिकृत, नासुहरुलाई विभिन्न राजनीति दलसँग आबद्ध भएका कर्मचारीहरु सरुवा गर्ने मनस्थिति सरकारको रहेको छ । नेपाली कांग्रेस निकट कर्मचारी युनियनबाट त्यसका अध्यक्ष गोपाल पोखरेलले छानीछानी आफ्नो तर्पmबाट पार्टीलाई पनि सहयोग हुने र आपूmलाई पनि फाइदा हुने योजनासहित कर्मचारी सरुवा, बढुवा गर्न लागिपरेका छन् ।
पोखरेल विभिन्न जिल्लाहरुको भ्रमण गरी कर्मचारी संगठन विस्तार गर्ने र निजामती कर्मचारी युनियनलाई बलियो बनाउने र नेपाली कांग्रेस पार्टीलाई आगामी संघ र प्रदेशमा पहिलो पार्टी बनाउने भन्दै न्वारानदेखिको बल निकालेर लागिपरेका छन् । यता, एमाले कर्मचारी संगठनका लेखनाथ कोइराला कर्मचारी कर्मचारी संगठनलाई बलियो र भपर्दो बनाउनेभन्दै देश दौडामा निस्किएका छन् तर कोइरालाले एमाले कर्मचारी संगठन विस्तारका नाममा माखो मार्न सकेका छैनन् । एमाले कालमा कर्मचारी संगठनको उपाध्यक्ष भएबापत उनी सधैं मालदार ठाउँमा बस्दै आएका थिए । त्यतिबेला उनी माधव नेपाल खेमामा थिए । उनीसँगै आधिकारिक टे«ेडयुनियनका नेता भोला पोखरेल पनि धाव पक्षमै थिए । एमाले पार्टी फुटेपछि लेखाना कोइरालाला माधाव पक्षलाई छाडी एमाले भएका थिए ।
तर, उनी संगठनको अध्यक्ष बन्न तत्कालीन अध्यक्ष पुण्य ढकाललाई जीहजुरी गरी संगठनका महासचिव रेवती गौतमलाई उपाध्यक्ष बनाएर एमाले संगठनको आफू भने अध्यक्ष बन्न सफल भएका छन् ।
आमकर्मचारीको वृत्तिविकास गर्नुपर्नेमा सो नगरी संगठनको नाम भँजाउँदै आफ््ना नातागोता र आसेपासेलाई मनिलो स्वरमा ‘तपाईंको काम भइहाल्छ, फिक्री नमान्नु म जसरी पनि गराइहाल्छु, त्यति जाबो सरुवाबढुवामा चिन्ता लिनुपर्दैन’ कर्मचारीलाई झुठा आश्वासन दिएर एमाले कर्मचारी संगठनको नाममा भद्रगोल मच्चाएका छन् । आगामी निर्वाचनलाई लिएर पार्टीको लागि भन्दै चन्दा संकलन गर्ने र पार्टीलाई जिताउनुपर्ने भन्दै देश दौडामा हिँडिराखेका छन् ।
यस विषयमा तामाकोशी सन्देशले सम्पर्क गर्न खोज्दा अध्यक्ष कोइरालाले फोन नै रिसिभ गर्दैनन् । यतिमात्रै होइन राजनीतिक दलको कर्मचारी संगठनभित्र राजनीतिक दलका नेता भन्दा पनि कर्मचारी नेता ठूलो भएका छन् । यिनै कर्मचारी नेताले गर्दा राजनीतिक दलका नेताहरु असफल प्रायः भएका छन् । किन कि कर्मचारी भनेको देश खाइ शेष भएका र राजनीतिक दलका नेता भने आम कार्यकर्तालाई झुठा आश्वासन दिएर सांसद बन्ने गरेका छन् र मन्त्री बन्छन् । मन्त्री बनिहाले तापनि राजनीतिक दलका मन्त्रीहरुले सम्हालेका मन्त्रालयहरुको आनीबानी, रितिरिवाज मन्त्रीलाई थाहा पाउनै ६ महिना लाग्छ । तर, ६ महिना नबिन्दै मन्त्रीको जागिर चट भइसकेको हुन्छ । अनि कसरी हुन्छ देशको विकास । राजनीतिक दलका कारणले विभिन्न कर्मचारी संगठनभित्र पनि तँ ठूलो कि म ठूलो भनेर एकापसमा मतभेद सुरु हुन थालेको छ ।
उता माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका हरि रावल भने कर्मचारी संगठन विस्तारको नाममा देश दौडाहामा कुदिराखेका छन् । हुन त अध्यक्ष प्रचण्डले हरि रावललाई आश्वासन पनि दिएका होलान् । कर्मचारी विस्तारमा लाग्नुहोस् । माओवादी पार्टीलाई दोस्रो पार्टी बनाउनुपर्छ भनेर आदेश पनि दिएकै छन् । अध्यक्ष हरि रावल संगठन विस्तार र कर्मचारी संगठन विस्तारको लागि प्रचण्डभन्दा कम छैनन् । उता एकीकृत सजावादीका सहकारी संस्थाका अध्यक्ष मोहन घिमिरे जस्ताले एकीकृत समाजवादी पार्टीलाई अगाडि बढाउनुभन्दा पछाडि धकेल्ने काम भएको छ । किन कि कर्मचारीले पत्याउने भनेको अलिअलि भोला पोखरेललाई पत्याउँथे । भोला पोखरेल एकीकृत पार्टी छाडेर एमालेतिर फर्किसकेका छन् । मोहन घिमिरे चाहीं माधव नेपालको पार्टीमा बसेर संगठन विस्तारको नाममा दुई, चार जना कर्मचारी भेला गरेर फेसबुकमा फोटो लोड गरेर देश दौडाहाको हवाला दिएर कमाउ धन्दातिर उन्मुख भएका छन् ।