प्रहरीमा दरबन्दी रिक्त

समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र डीआईजी बनाइएका अशोक सिंहलाई कांग्रेस पार्टीले डीआईजी बनाएको थियो । जबकी काठमाडौं परिसरमा हुँदा चेक काण्डमा परेका सिंहको जागिर धरापमिा परेको थियो । सिंहले डा.आरजु राणालाई ब्रिफकेश बुझाएर डीआईजी भएका थिए । १२ औं स्थानका वशन्त कुँवर पहिलो भए । पहिलो नम्बरका सन्दीप भण्डारीलाई सातौं स्थानमा पु¥याउने काम भयो । यसपटक डीआईजीको बढुवामा भएको धाँधलीले प्रहरीलाई स्वच्छ र निष्पक्ष बन्न दिएन ।
शक्ति र पहुँच भएका अशोक सिंहलाई भावी आईजीपी बनाउने गरी प्रधानमन्त्रीका पीए भानु देउवा लागेका छन् । जबकि सिंहको कुनै त्यस्तो क्षमताले नेपाल प्रहरीमा कुनै आशा जागेको छैन । जहाँ गयो, त्यहाँ बद्नाम सिंहलाई हेडक्वार्टरको कार्य विभागमा एआईजी सहकुल थापासँग राखिएको छ । थापा पनि प्रहरी एकेडेमीमा जाने दाउमा छन् । विश्व पोखरेलको स्थान साउन २१ बाट खाली छ । प्रदेश समन्वय विभाग एआईजीविहीन छ । एकेडेमीमा भदौ २२ गतेबाट खाली भएको छ । मुकुन्द आचार्यले उमेरहदका कारण अवकाश पाएपछि खाली भएको हो ।
त्यसो त कात्तिक १४ मा प्रशासनका अरुण बिसी विदामा बस्नेछन् । कात्तिक २४ मा रविन्द्र धानुक हट्नेछन् । चुनाव अगावै चार एआईजी दरबन्दी खाली हुने प्रहरीले ती ठाउँमा पुग्नेहरुको लामो रस्साकस्सी चल्दै छ । अहिले बसन्त कुँवर दीपक थापा, अशोक सिंह, टंकप्रसाद राईलगायतको टिम प्रधान कार्यालयमा रहेका छन् । आईजीपी धिरजप्रताप सिंह पछिको टिमभन्दा अगाडि पुजा सिंहको विदाई हुनेछ । प्रहरीमा सिंहसँगै सहकुल थापा, उत्तमराज सुवेदी पनि आगामी चैत ११ गते विदामा बस्दैछन् ।
प्रहरीलाई पार्टीको भगिनी समूह बनाउने गलत परिपाटी कांग्रेसले बसालेको छ । कांग्रेसले स्वच्छता, निष्पक्षता छानबिन गर्दैन । डा.आरजुको टोलीले प्रहरी र सशस्त्रमा समेत भद्रगोल गराउँदैछ । चुनावको लागि आवश्यक पर्ने म्यादी प्रहरी समेत १ लाख २० हजार माग हुँदा ५ हजार घटाएको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *