चाडबाडसँगै नेपाली विदेसिने क्रम जारी

समाचार

काठमाडौं । आमनेपालीहरु रोजीरोटीको लागि दिनदिनै विदेश जानेको लर्को लाग्न थालेको छ । चाडबाड होस्, चाहे कुनैपनि पर्वमेला होस् अधिकांश नेपाली रोजीरोटीको लागि विदेसिनुपर्ने वाध्यता छ भने अर्कोतिर मानव तस्करीहरुले भिजिट भिसामा विदेश पठाउने प्रक्रिया दिनानुदिन बढिरहेको छ ।

नेपालको राजनीतिक अवस्थाले गर्दा विभिन्न क्षेत्रदेखि अध्यागमन विभागका कर्मचारी, श्रम डेस्का कर्मचारी, म्यानपावर व्यवसायी, इन्स्योरेन्स कम्पनीहरु र वैदेशिक रोजगार विभागका कर्मचारीलगायतको मिलेमतोमा भिजिट भिसामा भारतीय बाटोहुँदै अन्य देशमा लगेर अलपत्र पारेको समाचार आमसञ्चार माध्यममा आइरहने गरेका छन् । यसरी दिनदिनै विभिन्न माध्यमबाट विदेश मानिस पठाएर अलपत्र पारेका समाचार आइरहे तापनि यसको रोकथाम भने सरकारले गर्न सकेको छैन । अहिले वैदेसिक रोजगार विभाग ताहचलमा कर्मचारी र विचौलियाको सेटिङले सिमा नाघेको छ । ताहचल शाखाको मलेसियन शाखा, साउदी शाखा, कतार शाखा, बहरायन शाखा जस्ता शाखा कार्यालयहरुमा चाँदीकटाइ भइरहेको छ । यसमा विभिन्न म्यानपावर कम्पनी र वैदेसिक रोजगार विभागका कर्मचारी मिलेर अन्तिम स्वीकृति र पूर्व स्वीकृति निकाल्दै अधिकांश नेपालीहरुलाई चाहे भिजिट भिसा होस् या वर्किङ भिसा होस् यी र यस्ता भिसालाई प्रयोग गरी कमाउने धन्दा मौलाएको छ । हालै मात्र श्रम तथा स्वरोजगार मन्त्रालयअन्तर्गत ताहचल शाखामा कार्यरत कर्मचारी कमल अधिकारीले मन्त्रालयभित्रै सेटिङ गरी विनोद पौडेल र रविन श्रेष्ठलाई मन्त्रालयमा तानेर थन्क्याएका छन् । उता, सुरेश घिमिरे, डिल्ली अधिकारी, महेश महर्जन, चिरिञ्जीवी लुइँटेल र कमल श्रेष्ठलाई ताहचल शाखामा सरुवा गरेका छन् । वैदेशिक रोजगार विभागमा जानका लागि कर्मचारीहरु विभिन्न शक्तिकेन्द्रमा धाइराखेको बताइन्छ । अहिले एकीकृत समाजवादीका सहकारी अध्यक्ष मोहन घिमिरेले श्रम मन्त्रालयमा समेत सेटिङको व्यवस्था मिलाएर आफ्ना कर्मचारीलाई कमाउ अड्डामा पु¥याएर पार्टीलाई पनि सहयोग र आफूलाई पनि सहयोग भन्ने नाममा विभिन्न कर्मचारीलाई आमाचकारी गालीगलौज गर्दै आम्दानीको स्रोत भएको ठाउँमा सरुवा गर्न लागिपरेका छन् । यसले के देखाउँछ भने राजनीतिक संघ, संगठन निकट कर्मचारी युनियनहरुले राजनीतिक दललाई भँजाएर नेता बन्ने र कसरी हुन्छ राजनीतिक दललाई असफल बनाउने खेलोमेलोमा सक्रिय छन् । यस्ता काम खासगरी कर्मचारी युनियनका नेताहरु सक्रिय रहेका हुन्छन् । यसले के देखाउँछ भने भविष्यमा ब्युरोक्रेसीका कारण राजनीतिक दलहरु असफल सावित भइसकेका छन् । देशमा भ्रष्टाचार, विकृति र विसंगति व्याप्त छ । यसको नियन्त्रण राजनीतिक दलहरुले पटक्कै गर्न सकेका छैनन् । गठबन्धन सरकारभित्र त अहिले व्यापक रुपमा भ्रष्टाचार र व्यथिति मौलाएको छ । राजनीतिक दलहरुले यसको निराकरण गर्न सकेका छैनन् । दलहरुप्रति एक आपसमा विश्वास गुमेको छ । यहीं कारणले पनि कर्मचारी संघ, संगठनहरुले खेल्ने गरेका छन् । यहीं कारण अधिकांश नेपालीहरु वैदेसिक रोजगार विभाग अन्तर्गत अनेकौं नाममा कतिपय विद्यार्थी अध्ययन र रोजगारीका लागि विदेसिने गरेका छन् । यस्तै विद्यार्थी बाहेक अन्य युवा, युवतीहरु पनि कामको खोजीमा विदेसिने गरेका छन् । त्यसरी विदेसिनेमा दुबई, कतार, मलेसिया, साउदी, माल्दिभ्स, कुवेत, बहराइनलगायत देशहरुमा अधिकांश नेपाली युवतीहरुलाई अलपत्र पारेपछि आफ्नो रोजीरोटीको लागि पार्कलगायत विभिन्न ठाउँमा लुकीछिपी अनैतिक कामहरु समेत गर्न वाध्य भएको समाचार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *