सशस्त्र प्रहरी बलमा पेट्रोल काण्ड

समाचार

काठमाडौं । सशस्त्र प्रहरी बल हलचोकमा अहिले व्यापक भ्रष्टाचार बढेको छ । हुनत सशस्त्र प्रहरी बलभित्र भ्रष्टाचारका घटनाहरु दिनानुदिन सञ्चारमाध्यममा उजागर भएपनि कारबाही भने सून्य रहेको छ । सशस्त्र प्रहरी बलभित्र कहिले मिसन खरिद काण्ड चर्किन्छ । कहिले रासन काण्ड चर्किन्छ । कहिले युनिफर्म काण्ड चर्किन्छ त कहिले सीमासुरक्षामा खटिएका प्रहरीहरुको रासन काण्ड चर्किन्छ । त्यस्तै कतिपय गण र गुल्महरुमा चोरी, तस्करी र राजश्व छलिगरी ल्याइएका समानको समाचारहरु पनि नआएका होइनन् । यस्तै हलचोकस्थित पेट्रोल पम्पमा कायरत प्रहरी कर्मचारी परिवर्तन गरिएको छ । पेट्रोल पम्पमा साधारण कर्मचारीहरु भने जान सक्दैनन् । राजनीतिक पावर र विभागको पावरमा रहेका हाकिमहरुको आयस्रोत पेट्रोल पम्पम बन्ने भएकाले पनि जो पायो त्यहीं पेट्रोल पम्पमा छिर्न नसकेका हुन् । पेट्रोल पम्पमा हाकिमहरुका आसेपासे कर्मचारी मात्रै जान पाउँछन् । हालै परिवर्तन भएका कर्मचारी एआइजीको ड्राइभर बन्द्रीबहादुर खत्रीदेखि कांग्रेस नेता विजयकुमार गच्छदारका ड्राइभर रामकुमार तामाङसमेत रहेका छन् । ड्राइभरलाई पेट्रोल पम्पको क्यासियरमा खटाउनु कति उचित हो ? यसको हालका आइजीपी राजु अर्यालले कसरी मूल्यांकन गरेका छन् । यसको बारेमा कुनैपनि निकायले अनुगमन र निगरानी गरेको छैन । अर्को व्यक्ति हुन् सुदर्शन घर्ती । जो व्यक्ति हालका आइजीपी राजु अर्यालका पूर्व बडी गार्ड थिए । उनी तत्कालीन समयमा महोत्तरी २ नम्बर बाहिनीका बाहिनीपतिको रुपमा कार्यरत रहेका थिए । आइजीपी राजु अर्यालका गार्ड सुदर्शन श्रेष्ठले व्यापारीहरुसँग मिलेर मासिक खर्चपर्च उठाउने गरेका छन् । अर्याल सरुवा भएर प्रहरी प्रधान कार्यालय आउँदासमेत सुदर्शन श्रेष्ठले व्यापारीसँग पैसा असुलिरहेका थिए । आइजीपी अर्यालयले उक्त कुरा थाहा पाएपछि सुदर्शन श्रेष्ठलाई आफ्नो बडी गार्डबाट हटाएका थिए । अहिले आपूm आइजीपी भएपछि कमिसन खान पाउने ठाउँ पेट्रोल पम्पमा पठाएका छन् ।
२० औं वर्षदेखि पेट्रोल पम्पमा बसेर सह–प्रवक्त अर्जुन चन्दलाई कसैले सरुवा गर्न सक्दैनन् । कारण हो निजले आपूm निकट हाकिमहरुलाई मासिक रुपमा नगद र सामान कोसेलीको स्वरुप घरघरमा पु¥याउने काम गरेका छन् । यसरी अनियमितता गर्ने कर्मचारीहरुमाथि आइजीपी राजु अर्यालले ध्यान नदिनु भनेको महिनावारी लिनदिनमा साँठगाँठ रहेको बताइन्छ । आइजीपीले चाहेमा आपूmलाई चाहेअनुसारको दरबन्दी थप गरी लाभ लिन सक्छन् । त्यस्तै तल्लो दर्जाका कर्मचारी भने डिउटीमै व्यस्त बनाइ वृत्ति विकासमा चासो दिँदैनन् । योभन्दा अगाडिका प्रा.डीआईजीको दरबन्दी थप गर्दा १ सयभन्दा बढी प्रा. सिपाहीको दरबन्दी कटौती गरेको छ । यसरी सशस्त्र प्रहरी बलभित्र भ्रष्टाचार र अनियमितता फस्टाउँदै गएको छ । यसरी सशस्त्र प्रहरी बलभित्र फैलिएको विकृति, विसंगति र अनियमितताको बारेमा गृहमन्त्रालय अनविज्ञ जस्तै बनेको छ । यसबारेमा गृहमन्त्री बालकृष्ण खाँडले कुनैपनि ठोस निर्णय गर्न सकेका छैनन् । गृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँडले उल्टै सशस्त्र प्रहरी बलभित्रका वरिष्ठ प्रहरी अधिकृतमाथि चुनावी खर्चको लागि पहलकदमी गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *