चिठ्ठाका नाममा कर्मचारी संगठनका नेताहरुको कमाउधन्दा

समाचार

काठमाडौं । नेपाल निजामति कर्मचारी युनियन, नेपाल कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सहकारी कर्मचारी संगठन, मधेसी कर्मचारी संगठनलगायतका कर्मचारी संगठनहरुले गत असोज १० गते चिठ्ठा कार्यक्रम सम्पन्न गरेका छन् । यी राजनीतिक दल निकट रहेका कर्मचारी संगठनहरुले वर्षैपिच्छे विजया दशमी, शुभदिपावली, ठछ, इस्वित सम्वत यत्यादि चाडवाडलाई लक्षित गरी चिठ्ठा कार्यक्रम गर्दै आएका छन् । यसरी चिठ्ठाको नाममा राज्यको ढुकुटीमाथि खेलबाड गर्नु कति उचित हो ? या होइन ? तर, अधिकांश कर्मचारीहरुलाई नेताहरुले वाध्य पारेर अधिकांश मन्त्रालय र विभागका कर्मचारी, स्थानीय कर्मचारी र प्रदेश कर्मचारीलाई वाध्य पारेर चिठ्ठाको टिकट विक्रीवितरण गर्नको लागि वाध्य पारिन्छ । अधिकांश कर्मचारीले चिठ्ठामा भाग लिनै पर्ने र राज्यकोषबाट चिठ्ठा किन्नुपर्ने वाध्यता भएको पीडित कर्मचारीले गुनासो पोख्ने गरेका छन् । तर, अधिकांश कर्मचारी नेताहरुले राजनीतिक दललाई भँजाएर खाने भाँडो बनाएका छन् । त्यसैगरी राजनीतिक दललाई बेबकुफ बनाएर राजनीति पार्टीको कुप्रचार गरिरहका छन् । उता नेपाल निजामति कर्मचारी संघका नेता गोपाल पोखरेलले भन्दै छन्, ‘आगामी मंसिर ४ मा संघ र प्रदेशमा हुने आमनिर्वाचनमा कांग्रेस पार्टी पहिलो हुन्छ ।’ त्यसैगरी एमाले टिकट कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले भन्ने गरेका छन्, ‘आगामी निर्वाचनमा एमाले पार्टीले बहुमत ल्याउँछ, एमालेभन्दा अन्य पार्टी छैन, किन कि एमाले भनेको देशप्रेमी, जनताप्रेमी र विकासप्रेमी छ । अन्य पार्टीमा त्यो क्षमता पनि छैन र भिजन पनि छैन । हेर्दै जानुहोस् एमाले पार्टीले बहुमत ल्याएर छाड्छ ।’ भन्दै अधिकांश कर्मचारीको दिमाग भुटिरहेका छन् । उता एकीकृत समाजवादी पार्टीनिकट राष्ट्रिय सहकारी कर्मचारी संघका अध्यक्ष मोहन घिमिरे भने गठबन्धनभित्र रहेर नेकपा माओवादी, नेपाली कांग्रेस, एकीकृत समाजवादी र मधेसवादी दल मिलेर पनि बहुमत नल्याए कसले ल्याउँछ ? भनेर गफ चुटिरहेका छन् । उता नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावल भने हेर्दै जाऔं कुन पार्टी कति सिट ल्याउँछ त्यो भविष्यले बताउँला अहिले कही भनिहाल्ने अवस्था छैन भन्दै मन बुझाइरहेका छन् । यस्तै मधेसी दलनिकट कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी भने अक्क न बक्क जस्तै बनेका छन् । किन कि तराइवासी दलहरु फुटेर टुक्राटुक्रा भएका छन् । मधेसी कर्मचारीहरु भित्रपनि विभाजित छ । संगठन कसरी बलियो बनाउने भन्ने उनीमाथि छैन । अन्य राजनीटि दल निकट कर्मचारीहरुले जे भन्छन् हओस् हजुर भन्दै त्यसैमा सही मिलाइरहेका छन् । सबै राजनीतिक दलका कर्मचारी नेताहरुले राजनीतिक पार्टीलाई भजाउँदै नेता बन्दै, राज्यको तलब खाँदै ठूला ठूला स्वरमा भाषण गर्दै, देशविदेश घुम्दै, सुृरासुन्दीमा रमाउने गर्दै आएका छन् । यसरी राजनीतिक संगठन बलियो बनाउने नाममा विकृति, विसंगति फैलाउनेभन्दा अन्य काम अधिकांश कर्मचारी संगठनले गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *