काभ्रेमा एमालेद्वारा गोकुल र रेशमलाई उम्मेदवारको टिकट

राजनीति समाचार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा र रेशम लामालाई उम्मेदवारको टिकट दिएको छ ।

एमाले स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लामालाई टिकट दिइएको छ । राप्रपाबाट संविधानसभा सदस्य भएका उनी पछि एमालेमा प्रवेश गरेका थिए । प्रदेशतर्फ ‘क’मा दिलिप तामाङ र ‘ख’मा चन्द्र लामा उम्मेदवार हुने छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निवर्तमान सांसद बास्कोटालाई नै टिकट दिइएको छ । प्रदेशसभातर्फ ‘क’मा कुमार खकुरेल र ‘ख’मा कुमार थापालाई टिकट दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *