टिकट वितरणमा एमालेभित्र असन्तुष्टिको ज्वाला

राजनीति समाचार

काठमाडौं । आगामी मंसिर ४ मा हुने संघ र प्रदेश सभा सदस्य चुनावको लागि आज विभिन्न दलहरुले मनोनयन दर्ता गर्दैछन् । तर, नेकपा एमाले पार्टीभित्र टिकट वितरणको विषयलाई लिएर मनमुटाव बढेको छ ।

यस्तै नेता घनश्याम भुसालले एमाले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उता एमाले पार्टीभित्र धेरै पहिलादेखि विद्रोह गर्दै आएका र एमालेको दशौं महाधिवेशनमा अध्यक्षको प्रत्यासीसमेत भएका नेता भीम रावलले टिकट नपाएको अवस्थामा अछाम जिल्ला पार्टी कमिटीले नै राजीनामा दिएर असुन्तुष्टी प्रकट गरेको छ । त्यो भनेको एमाले पार्टीभित्र वितृष्णा ल्याउनु हो ।

र, अधिकांश जिल्लाका एमाले नेता, कार्यकर्ताहरुले पनि असन्तुष्टि पोख्न थालेको एक नताले बताएका छन् । यसैगरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले अहिलेसम्म कुनै पनि असन्तुष्टिको आवाज उठाका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *