गृहमन्त्रीकै पिएसओ पक्राउ

समाचार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडका पिएसओ प्रहरी निरीक्षक अपूर्व ढुंगानाले ब्यारेकमै रक्सीले मातेर दशैंको फुलपातीको दिनमा वितण्डा मच्चाएका छन् । खानीखोलाको प्रहरी सुरक्षामा कडाई गर्न गृहमन्त्री खाँडकै निर्देशनमा भएको थियो । नेपाल प्रहरीमा यस्ता विकृति धेरै छन् । सशस्त्र प्रहरीका यस्तै गलत छवी बनाएका वंशी दाहाललाई सरकारले हालै एआईजी बनाएको छ । एसपी हुँदा ब्यारेककी सहकर्मी महिला प्रहरीसँग उठबस गर्दा छानबिन समिति नै बन्यो । तर तत्कालीन आईजीपी सनत बस्नेतले दाहाललाई माफी दिए ।
केपी ओली पत्नी राधिका शाक्यको ५ लाख खाइदिने एमालेकै कार्यकर्ता पाठकले वंशी दाहालसँग ५ लाख खाएका थिए । पाठक र सनतको सम्बन्ध राम्रो थियो । यसपटक दशैंको मुखमा निरीक्षक अपूर्व ढुंगानाले पनि सशस्त्रका वंशी दाहालकै बाटो पछ्याएका छन् । गृहमन्त्री बालकृष्ण खाँडको पिएसओ भएकाले प्रहरीको आईजीपी धिरजप्रताप सिंह, मेट्रो प्रहरी र काठमाडौं परिसरलेसमेत उनको पक्षमै निर्णय गर्छन । दशैंको बेला अछाममा एक महिला प्रहरीलाई मासुमा नसालु वस्तु मिलाएर खुवाएर प्रहरीले सामुहिक बलात्कार गरेको आरोप छ । तर एमालेका नेता भीम रावलले तिनै अपराधी प्रहरीहरुको पक्ष लिएर महिला प्रहरीलाई न्याय दिएनन् । थानकोटका अपूर्व ढुंगानाको काण्ड पनि त्यसैगरी थामथुम हुने कुरामा शंका नगरे हुन्छ । नेपालको राजनीतिक दलहरु नै घृणित छन् । गुण्डालाई सांसदको टिकट बेच्ने, पार्टीका पुराना त्यागी कार्यकर्ताहरुलाई हिस्स पार्ने काम नेपाली कांग्रेस, माओवादी र एमालेले गर्दै आएका छन् । सुरक्षा निकाय भित्र यौन धन्दा चलाउनेहरुलाई कांग्रेस, एमाले, माओवादीले साथ दिन थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *