गुरुङको उम्मेदवारी खारेज हुँदा पौडेललाई हाइसन्चो

राजनीति समाचार

काठमाडौं । रुपन्देही २ मा नेकपा एमालेका नेता विष्णु पौडेललाई चिठ्ठा पर्ने भएको छ । पौडेलका मुख्य प्रतिस्पर्धी सत्तागठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी भएपछि उनको भाग्य खुल्ने भएको हो । राजु गुरुङको बैंकिङ कसुरमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि एमाले उम्मेवदवार पौडेललाई हाइसन्चो भएको छ । उता उम्मेवारी खारेज भएका राजु गुरुङ भने निर्वाचन आयोगविरुद्ध सर्वोच्चको ढोक ढकढक्याउन जाने योजना तरखरमा रहेको विशेष स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *