राष्ट्र बैंकले हटायो मर्जरमा जाँदा कारोबार रोक्नुपर्ने प्राबधान

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का गर्नुपर्ने व्यवस्था हटाएको छ। केन्द्रिय बैंकले बिहीबार मर्जर सम्बन्धी विनियमावलीमा पाँचौ स‌ंशोधन गर्दै उक्त व्यवस्था हटाएको हो।

बैंक तथा वित्तीय संस्थाले मर्जर सम्झौता गरेपछि सैद्धान्तिक सहमतिको लागि केन्द्रीय बैंकमा निवेदन दिनु पर्ने व्यवस्था छ। यसअघि यसरी निवेदन दिँदा सम्बन्धित दुई वा सो भन्दा बढी बैंक वा वित्तीय संस्थाले आ–आफ्नो साधारण सभाको विशेष प्रस्ताव बमोजिम आ–आफ्नो सञ्चालक समितिबाट निर्णय गरी नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट गाभ्ने(गाभिने वा लक्षित संस्थाको शेयर कारोवार रोक्का गरिएको पत्र सहित सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंकमा संयुक्त रुपमा निवेदन दिनु पर्ने व्यवस्था थियो।

तर राष्ट्र बैंकले मर्जर सम्बन्धि विनियमावली २०७३ मा पाँचौ संशोधन गर्दै नेपाल धितोपत्र विनिमय बजार लिमिटेडबाट गाभ्ने गाभिने वा लक्षित संस्थाको शेयर कारोवार रोक्का गरिएको पत्र सहित निवेदन दिनुपर्ने व्यवस्था हटाएको हो।

यसले गर्दा अब बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का गर्ने नगर्ने जिम्मा नेपाल धितोपत्र बोर्डलाई नै हुनेछ। बैंक तथा वित्तीय संस्थाले कारोबार रोक्का गरिएको पत्रविना नै राष्ट्र बैंकमा सैद्धान्तिक सहमतिको लागि आवेदन गर्न सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *