ब्रान्डेड औषधिमा शत प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

विविध समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर घोषणा गरेका छन् । ट्रम्पले अमेरिका बाहिर उत्पादित ब्रान्डेड औषधिहरूमा अक्टोबर १, २०२५ देखि लागू हुने गरी शत प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले कर घोषणा गरेका नयाँ वस्तुहरूमा हेभी-ड्युटी ट्रक, भान्सा र बाथरूम क्याबिनेटहरू समावेश छन् । हेभी-ड्युटी ट्रकहरूमा २५ प्रतिशत कर लाग्नेछ र भान्सा र बाथरूम क्याबिनेटहरूमा ५० प्रतिशत कर लाग्नेछ । भारत अमेरिकी बजारमा औषधिहरूको प्रमुख निर्यातकर्ता हो । अमेरिकाले पहिले नै भारतीय निर्यातमा ५० प्रतिशत कर लगाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *