सशस्त्र प्रहरीको एआइजीमा वंशीराज दाहाल बढुवा

समाचार

काठमाडौं। सशस्त्र प्रहरी बलको एआइजीमा वंशीराज दाहाल बढुवा भएका छन् । मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो ।

सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो । सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *