बहादुरभवनका कर्मचारीहरुलाई दशैं

समाचार

देश आर्थिक रुपमा जर्जर छ । बहादुरभवनका आयुक्त दिनेश थपलियादेखि इश्वरी पौडेल,रामप्रसाद भण्डारी,जानकी तुलाधर,सगुन शमशेर जबराहरुलाई दशैं आएको छ । निर्वाचनलाई अचाक्ली महँगो बनाउने गरी ढुकुटीमा लामो हात पार्न राज्यसंयन्त्रभित्र मौलाएको आर्थिक अराजकता बढेर गएको छ । अर्बाै रकम त निर्वाचनमा खटिएका कर्मचारी,सुरक्षाकर्मीको भत्तामै सकिन्छ नै अर्काेतिर अपारदर्शी खरीद गरेर राज्यकोष लुट्ने खेलो त्यहाँ चलिरहेकै छ । न त अख्तियार लाग्ने,न अदालत कतै पनि जबाफदेही हुनु नपर्ने भए पछि आयोगका अधिकारीहरु मैमत्त हुने नै भए । यिनलाई लगाम कस्ले लगाउने ?
अर्काेतिर बहादुर भवनको रमिता कस्तो छ भने अघिल्लो दिन एउटा निर्णय ग¥र्यो भोलिपल्टै त्यसलाई उल्टायो यस्तो जात्रा कहिँ नभएर निर्वाचन आयोगतिरै देख्न पाइन्छ । जस्तो प्रेस काउन्सिललाई समेत हस्तक्षेप गरेर आफै मिडियालाई पत्र हाट्ने कामदेखि नो नट अगेन फेसबुक ग्रुप बन्द गर्ने निर्णय पनि २४ घण्टा टिकेन । डा. तोसिमाको उम्मेदवारी खारेजदेखि २० लाख खर्चेर आयुक्त जानकी तुलाधर आफैंले गीत गाएको भिडियो २४ घण्टा नबित्दै हटाउनु परेको थियो । आयुक्त तुलाधरले शाखा अधिकृत सुमन घिमिरेमार्फत यो काम हेम सुवेदीलाई दिएका थिए । अहिले फेरि उनै सुमन घिमिरेले आफ्ना नातेदार पर्ने सन्देश घिमिरेको द भ्वाइस अफ नेपाल नामक भर्खरै दर्ता गरिएको एजेन्सीलाई विज्ञापनको काम दिएर अर्काे लुट मच्चाएको भेटिएको छ । त्यसमा पनि सार्वजनिक सञ्चार माध्यममा दिने विज्ञापन शुल्कमा झण्डै ८० प्रतिशत कमिशनको खेलो भएकोमा छापा माध्यममा ३२ प्रतिशतदेखि ७२ प्रतिशतसम्म कमिशन खान क्रियाशिल रहेको देखिएको छ । अहिले आयोगले रेडियो, टेलिभिजन र छापा माध्यममार्फत करोडौं रुपैयाँको बजेट स्वीकृत भई विज्ञापन प्रकाशन, प्रशारण सुरु भइसकेको छ । तर, निर्वाचन आयोगले वर्षमा आउने निर्वाचनमा बल्लतल्ल एक पटक सञ्चार माध्यममा दिन लागेको विज्ञापनमा करोडौं रुपैयाँ घोटाला भई छोक्रा मात्रै सञ्चार माध्यमले पाउने अवस्था देखिएको हो । उनै घिमिरे लगाएर दिन लागिएको विज्ञापनमा समेत ७० प्रतिशतसम्म कमिशन दिनुपर्ने शर्त तेर्साइए पछि सञ्चार माध्यमका प्रकाशक र व्यवस्थापकहरु आगो भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *