एआईसीको अकाउन्ट ह्याक ः खाता सुरक्षाबारे सेवाग्राहीको चिन्ता

समाचार

काठमाडौं । कुनै समय एनआइसी एसिया बैंकलाई भनिन्थ्यो बैंक पनि साथी पनि । अब यो नारा बदलिएर बैंक पनि गुण्डा पनिमा परिणत भएको छ ।
उसै पनि बैंकलाई टाइ लगाएको गुण्डा भनिँदै आएको छ । त्यही टाइ लगाएको गुण्डाका रुपमा चिनिने एनआइसी एसिया बैंकबाट एक जना सर्वसाधरणको डेढ लाख रकम स्वाहा भएको छ ।
सर्वसाधरणले खाइ नखाइ,रगत,पसिना बगाएर आर्जेको रकम बैंकमा विश्वास गरेर राख्छन् तर बैंकको सेवा विश्वासनिय नहुँदा एक जना व्यक्तिको हातैबाट डेढ लाख गायब भएको छ । उनी यस्तो पीडामा गुज्रिरहँदा सो बैंकका सिइओमा पुन रोशन दोहोरिएर बधाई थापिरहेका थिए । रोशन अहिले पनि सामाजिक सञ्जालमा स्तुति गान लेखाइरहेका छन् । तर उनै सेलिव्रेटी बैंकको सेवाका कारण एक जना सर्वसाधरणले जीवनभरमा कमाएर बचत गरेको रकम एकै क्षणमा हातैबाट स्वाहा भएको छ ।
बैंकिङ करियर शुरु गरेको दश वर्षमै कान्छो सिइओको रुपमा चर्चित र सेलिव्रेटी बनेका रोशन न्यौपानेले पहिलो चार वर्षे कार्यकाल सकेर दोस्रो कार्याकालको लागि पुनःनियुक्ति भइसकेका छन् । उही सेलिव्रेटी सिइओको एनआइसी एसिया बैंक कहिले साइबर ह्याकरहरुले आक्रमण गर्दै ‘स्वीफ्ट ह्याकिङ’, गुणगर्दी शैलीमा सर्वसाधरणको जग्गा हडप्नमा अग्रणी छ । इन्टरनेट बैंकिङ, डेबिट, क्रेडिट कार्ड तथा पिएसओ र क्युआर प्रयोगमा एनआईसी एशिया बैंकले छलाङ मारे पनि त्यसबाट बचतकर्ता आजित छन् ।
तिनैमध्येका एक पीडित हाम्रो सम्पर्कमा आइपुगेका हुन,जस्को मोवाइलै ह्याक गरेर उक्त बैंक खाताबाट पैसा नै चोरी भएको छ ।
विराटनगरका युवा दानिस जमालीमाथि यति ठूलो अत्याचार हुँदा समेत बैंकको प्रशासन मौन रहेको भन्द्यै उनले पीडा पोखेका छन् । दामलीका अनुसार ह्वाट्सअपबाट मोवाईल ह्याक उनको बैंकको एकाउन्टमाथि अट्याक्ट गरि रकम ट्रान्सफर भएको हो । यसरी झण्डै डेढ लाख रकम आफ्नो मोवाइल ह्याक गरी अर्काे बैंकमा पठाइएको फेला परेपछि उनी बैंकमा न्याय खोज्दै पुगे ।
अस्ति आईतबार बिहान जमालीको मोवाईलमा ९८२३१७७७७८ नम्बरबाट नेपाली गर्ल एपिके भन्ने लिंक आएको थियो । उनले उक्त लिंक खोलेका थिए । त्यसपछि एनआईसी बैंकमा एकाउन्ट खोलेर मोवाईल बैकिङ्ग सेवा लिईरहेका उनको बैंकबाटै पैसा ट्रान्सफर भएको पीडा पोखेका छन् । उनकै हातमा रहेको मोवाइल अरु कसैले चलाएर रकम हस्तान्तरण भएको पीडा उनले पोखेका छन् ।
ह्याकरबाट यो पीडा भोगेका उनले तत्काल एनआइसी एशिया बैंकमा गएर घटना बारे जानकारी गराएका थिए । जमाली प्रिन्टीङ प्रेस संचालन गर्दै आएका दानिसले एनआइसी एसिया बैंकको खातामा रहेको रकम समेत सुरक्षित पीडा पोखे । उनका अनुसार,दोस्रो पटक ट्रान्सफर भएको पैसा काठमान्डौ गर्जुधारामा रहेको प्रभु बैंक, महेश विश्वकर्माको नाममा पैसा ट्रान्सफर भएको छ । अचानक यस्तो घटना भएपछि उनले जिल्ला प्रहरी कार्यालय मोरङमा र उनकोतर्फबाट उनका दाजु अदिव कामिल जमाली काठमान्डौ उपत्यका अपराध अनुसन्धान महाशाखामा उजुरी दिएका छन् । तर न त प्रहरी प्रशासन, न त बैंक प्रशासनले नै उनको उजुरीलाई सिरियस रुपमा लिएको छ । सिइओ र बैंकमात्र सेलिव्रेटी चर्चित भएर के गर्ने बैकमै राखेको पैसा असुरक्षित भएपछि । समयमा गुनासोको सम्बोधन नभएपछि ?
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *