कुकुरको टोकाइकोबाट मानिसहरु आतंकित

समाचार

काठमाडौं । उपत्यकामा अहिले अधिकांश शहरहरुमा छाडिएका कुकुरहरुको बिगबिगी बढेको छ । कतिपय शहरी इलाकामा कुकुरहरुले गर्दाखेरी मानिसहरुलाई टोक्ने र लखट्ने समेत गरेका छन् । कुकुरहरुको टोकाइबाट अधिकांश मानिसहरु पिडित भएका छन् । अहिले कुकुरहरुको टोकाइबाट अधिकांश सर्वसाधारणहरु टेकु अस्पतालमा रेबिजको भ्याक्सिन लगाउन लाम लाग्ने गरेका छन् । र, सो अस्पतालमा लाइनको कारण कतिपय मानिसहरु प्राइभेट अस्पताल धाउने गरेका छन् । तर, प्राइभेट अस्पतालमा एक सिरिन्ज बराबर छ सय देखि आठ सयसम्म प्राइभेट अस्पतालहरले असुल्ने गरेका छन् । कतिपय मानिसहरु कुकुरको टोकाइबाट विरामी हुने गरेको र कुकुर देख्नेबित्तिकै तर्सने, झस्कन गर्न थालेका छन् । यसरी सडकमा छारिएर बसेका कुकुरको रेखदेख गर्नुपर्ने ठाउँमा कुनै पनि निकायले त्यस्ता कुकुरप्रति ध्यान दिएका छैनन् । अधिकांश शहरका गल्ली, चोक, र खेतबारीमा कुकुरको कारणले गर्दा धानबालीको क्षती हुने र सो कुकुरहरुले तरकारी खेती गर्ने किसानहरुको बारीमा समेत क्षति गराउने गरेका छन् । र, कतिपय घर वरिपरि कुकुरहरुको लर्काे लाग्ने र रातभरि भुक्दै सडकपेटि कुद्ने भएकाले अधिकांश मानिसहरु रातपरेपछि सडक चोक र गल्लीहरुमा हिडडुँल गर्न समेत समस्या पर्ने गरेको देखिन्छ । यस विषयमा सम्बन्धित निकाय महानगपालिका, नगरपालिका, गाउँपालिका, वडा कार्यालयदेखि विभिन्न संघ, संस्थाले ध्यान दिएको देखिँदैन । मानिसहरुले पालेको गाईबाट जन्मिएको बाछाबाछिलाई कतिपय मानिसले दुध मात्रै खाने र सो बाछाबाछी सडकमा छाड्नेक्रम जारीे छ । छाडिएका बाछाबाछीप्रति पनि कुनै पनि निकायले ध्यान दिने गरेको देखिँदैन । त्यसैले कतिपय सडकमा छाडिएका पशुपन्छीहरुलाई कुकुरले टोकेर मार्ने र खाने गरेका छन् । कतिपय सडकहरुमा कुकुरहहरुले लखेटीलखेटी टोकेर मार्ने गरेको समेत देख्नसकिन्छ । यसरी सडकभरी छरिएर रहेका कुकुरहरुले दिन वा रातमा गाडी चालकहरुले सडकमा छरिएका कुकुरहरुलाई गाडिले किचेर मार्ने गरेका छन् । सडकमा छरिएका कुकुरले गर्दा सवारी दुर्घटनासम्म हुने गरेको छ । यस्तो विषयमा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन । कतिपय निकायले यससम्बन्धी विषयलाई ध्यान दिएर पनि नदिए जस्तो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *