क्यानडाको नयाँ प्रधानमन्त्री बन्दै मार्क कार्नी

विविध समाचार

काठमाडौं । मार्क कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। लिबरल पार्टीको नेतृत्वमा निर्वाचित उनी क्यानडाको केन्द्रीय बैंकका पूर्व गभर्नर समेत हुन्।

यसअघि पद छाड्दै गरेका प्रधानमन्त्री जस्टिन ट्रेडेउले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामानमा लगाएको करलाई लक्षित गर्दै अहिले क्यानडाले विपक्षीबाट खतराको सामना गरी रहेको बताएका थिए। क्यानडाको निर्वाचनपछि भने ट्रम्पले कुनै प्रतिक्रिया जनाएका छैनन्।आइतबार भएको लिबरल पार्टीको मतदानमा कार्नीले ८५ दशमलव ९ प्रतिशत मत पाएका हुन्।

अन्य तीन प्रतिद्वन्द्वीलाई सहजै हराएका उनले २० अक्टोबरमा हुने आम निर्वाचनमा पनि लिबरल पार्टीको नेतृत्व गर्नेछन्। आफ्नै पार्टीबाट राजीनामाको दबाब आएपछि ट्रेडेउले जनवरी महिनामा नै पद त्यागेका थिए। त्यसपछि उनी काम चलाउ प्रधानमन्त्रीका रुपमा थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *