दलहरुलाई चुनावको चटारो, गरीबहरुलाई महंगीको भार

समाचार

काठमाडौं । चाडबाड सकिएसँगै अहिले नेपालीहरुको लागि महान चाड दशैंतिहारजस्तै संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते सम्पन्न हुँदैछ । अधिकांश राजनीतिक दलका नेता, कार्यकर्ता, मन्त्री, सांसदहरु चुनावी माहोलमा होमिएका छन् । तर व्यापारीहरुले कालोबजारी गर्दै आएका छन् । संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी अधिकांश व्यापारीहरुले बजारमा सामानको अभाव देखाएर कालोबजारी गरिरहँदा सम्बन्धित निकाय भने मौन बसेको अवस्था छ । कतिपय नेपालीहरुले बजारमा सामान खरिद गर्दा मूल्य मात्र सोध्ने र सामान लिने गरेका छन् । अधिकांश व्यापारीहरुले मुल्य आकाशिएको भन्दै भाउ बढाएका छन् । बजारमा सामान छैन । चाडबाड सकिएसँगै चुनाव लागेको छ भन्ने गरेका छन् । अहिले बजारमा सामान छैन र व्यापारीले पनि सामान हामिलाई दिएको छैन भन्दै विक्री वितरण गर्ने गरेका छन् । नेपालको अरबपति भनेर चिनिएका विनोद चौधरीको उत्पादन वाइवाइ कम्पनीले सय ग्रामको चाउचाउलाई पच्चहत्तर ग्राममा झारिएको छ भने सो चाउचाउ को मुल्य रु. पच्चिस कायम गरिएको छ । यस्तै पच्चहत्तर ग्रामको चाउचालाई पैसाठि ग्राममा झारिएको छ र सो चाउचाउको मुख्य बीस रुपैयाँ कायम गरिएको छ । यसैगरी अहिले नेपालीको भान्सामा नभइनहुने खाने तेलको मुल्य पनि आकाशिएको छ । सनफ्लावरको मुल्य प्रतिलिटर २७५ पुगेको छ । यसैगरी भटमारको तेल प्रतिलिटर २५० र तोरीको तेल ४०० सम्म पुगेको छ । यस्तै अन्य सामानको कुरै छाडौं । बजारमा बिहान चियासँग खाने केटाकेटी या वृद्धाहरुले प्रयोग गर्ने सबैभन्दा राम्रो भिटामिन बिस्कुट थियो । सो भिटामिन बिस्कुटले पनि क्वालिटी घटाएर बजारमा पठाउने गरेको छ । र मुल्य पनि बढेको छ । यी यस्ता साधारण उदाहरण मात्र हुन् । बजारमा अखाद्य सामग्री कति छन् कति । यससम्बन्धी कुनै पनि निकायले छानबिन गरेर ती कालाव्यापारी माथि कारबाही गर्न सकेको छैन । अहिले यतिखेर अधिकांश राजनीतिक दलका नेता, मन्त्रीहरु कर्मचारी चुनावी माहोलमा होमिएको कारण कतिपय ठुला व्यापरी स–साना व्यापारीहरुले मुल्य बढाएर लिने गरेका छन् । यसकौ शरोफेरोमा चुनावलाई लक्षित गरी ठुला घरानाका व्यापारीहरुले सडेगलेको सामान नयाँ पारेर प्याकिङ गरी नयाँ मिति राखेर बिक्रि वितरण गरेको पाइन्छ । तर, सरकार भने विगत लामो समयदेखि मुखदर्शक बन्दै आएको छ । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका कर्मचारी, उपभोक्ता मन्चका कर्मचारीले यस्ता व्यापारीको अनुगमन गरी कारबाहीको दायरमा ल्याउनुनपर्ने र सो अखाद्य सामान विक्रीवितरण गर्ने र जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने व्यापारीलाई सरकारले कारबाही गरेको छैन । गरीहाले पनि झारा टार्ने र जनतालाई देखाउने मात्र गरेको पाइन्छ । अधिकांश ठुला व्यापारी, उध्योग तथा वाणिज्य आपूर्ति मन्त्रालय र विभागका कर्मचारीहरुको मिलेमतोमा यस्ता व्यापारीलाई कारबाही गरेको पाइँदैन । यसैगरी अधिकांश व्यापारीहरुले नेपाली जनतालाई गुमराहमा पार्दै खाध्यानदेखि लत्ताकपडा, जुत्ताचप्पल, मोबाइल, टेलिभिन, कम्प्युटर, सवारी साधनका पाठपुर्जादेखि इत्यादी सामानमा व्यापारीहरले तेब्बर चौब्बर मुल्य राखी बिक्रिवितरण गरिरहँदा पनि सम्बन्धित निकाय भने मुखदर्शक बनेर बसेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *