दन्केको आगोले पोल्ने डर

समाचार

काठमाडौं । पार्टीभित्रको गुटबन्दी र विरोधले फुटेको नेकपा एमालेमा टिकट वितरणमा भेदभाव भएको गुनासो चल्ने गरेको छ । पार्टीका पुराना नेता खेदिएको र पूर्वपंचहरु निकट भएको भन्दै पार्टीकै कार्यकर्ताले विरोध गर्ने गरेका छन् । अहिले राष्ट्रिय दैनिकहरुमा छापिएका खर्चिलो रंगीन निर्वाचन प्रचारप्रसार सामाग्रीहरुको खर्च कसले बेहोर्ने होला भनेर आम मतदाता र विश्लेषकहरु छक्क पर्ने गरेका छन् । एमालेलाई पार्टी गुटमा रमाउने राजनीतिक दलको रुपमा लिन थालिएको छ । जनताले शिक्षा, स्वास्थ्यमा राज्यबाट पाउनुपर्ने सेवा सुविधा पाउन सकेका छैनन् । अहिले जनतालाई झुक्याउनेमा सबैभन्दा बढी नेपाली कांग्रेस नै अग्रपंक्तिमा देखिएको छ । नेपाली कांग्रेससहितको सत्ता गठबन्धनले राज्य स्रोतको दुरुपयोग गरेर चुनावी प्रचार प्रसार गरेको आरोप जनताले लगाउन थालेका छन् । अहिले प्रमुख राजनीतिक दलहरुमा आफ्नै कारण टिकट वितरणमा लापरवाही भएको कारणले गर्दा दन्केको आगोले आफैंलाई पोल्ने डर देखिएको छ । यसैकारण पनि यसपटक जनतालाई ढाँटेर निर्वाचनको नैतिकताभन्दा बाहिर गएर संविधानको दुरुपयोग गर्दै गठबन्धन गरेर चुनावी मैदानमा आउनुले एक उम्मेद्वारको हैसियत र क्षमता माथि प्रश्न चिन्ह खडा गरेको छ । त्यसैगरी, एमालेका वरिष्ठ नेताहरु डा.भीम रावल र घनश्याम भुसालले टिकट नपाउनुमा पार्टीभित्र बिडम्बनाको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *