राजनीतिक षड्यन्त्रमा उपेन्द्र

समाचार

काठमाडौं । सत्तामा पुग्न मधेसको समस्यालाई भ¥याङ बनाएका उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको पार्टीहरु यसपटक राष्ट्रिय पार्टी बन्ने छाँटकाँट देखिएको छैन । नेपालमा आन्दोलन गर्ने, भारतमा भात खाने राजेन्द्र महतो, महन्थ ठाकुरलाई कांग्रेसबाट प्राप्त प्रत्यक्षको सात सिट, प्रदेशको १३ सिट जोगाउनसमेत हम्मे हम्मे देखिन्छ ।
त्यस्तै पिडा जसपाका उपेन्द्र यादवलाई पनि भएको छ । प्रदेश सरकारको पुरै अवधि मुख्यमन्त्री बनेर हाँके पनि लालबाबु राउतले भ्रष्टाचारलाई प्राथमिकता दिँदा मधेस सरकार भनेकै राज्यकोष सिध्याउने थलो बन्यो । जहाँबाट सामाजिक सुरक्षा भत्तामै लुट हुन्छ भन्ने सन्देश गएको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्तानको लागि छेपारोले रंग फेरेजसरी फेर्छन । तर मधेसको मुल समस्या नागरिकता वितरणमा ध्यान नदिँदा गरिब जनताको मसिहा बन्न सकेनन् । अहिले सत्ता गठबन्धनसँग भन्दा एमालेसँग धेरै सिट पाएको बहानामा बिच्किएका उपेन्द्रलाई एमालेले ठाउँ नछाड्दा पीर परेको हुनुपर्छ । उपेन्द्रजस्तो नेतालाई विश्वासघात हुनसक्ने बताइन्छ । मधेसमा महन्थ ठाकुर र राजेन्द्र महतोहरुको राजनीतिक अवस्था के होला भन्ने डर छ । स्रोत र विकासको भण्डार मधेसमा गरिबी बढाउने, भेद्भाव हटाउन नसक्ने, दाइजो प्रथा र अन्धविश्वासको खानी बनाउने मधेस सरकार बद्नाम छ । राजपाको क्षमता पनि प्रभावकारी छैन ।
मान्छेको क्षमता फरक फरक हुन्छन् । प्रचण्डले सहमति सहकार्यको क्षमतामा राजनीति गर्छन । माधव नेपाल समन्वयकारी भूमिका निर्वाह गर्दछन् । शेरबहादुर लिनेदिने कुरामा अब्बल छन् भने काखमा राखेर फुलाउनेमा केपी ओली सक्षम छन् । जसपाले उठाएको १७ वटा निर्वाचन क्षेत्रमा एमालेले आफ्नो उम्मेद्वार उठाएर यो कुरा पुष्टी गरेको छ । मधेसबाट देश टुक्र्याउने घोषणा गर्ने अंगीकृतहरुको पनि बिजोग हुने सम्भावना देखिन्छ । चुनावमा हार जित हुन्छ तर सिंहदरबारमा पनि असफल सरकार प्रदेश सरकारमा झन् असफल हुने देखिन्छ । जसपाका उपेन्द्र यादवलाई चुनौती दिनु यो चुनावमा केपी ओलीको अग्रगामी छलाङ मान्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *