आगामी संसदमा कति दलको प्रवेश होला ?

समाचार

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको संघ र प्रदेशमा ४९५ जना नयाँ सांसदले संसद भवन प्रवेश गर्दै छन् । तर, राजनीतिक पार्टीहरुले संसद भवन प्रवेश गदैगर्दा १६५ जना सांसद संघमा प्रवेश गर्दै छन् भने ३३० सांसदले प्रदेशमा प्रवेश गर्दैछन् । तर, अहिलेसम्म कुन पार्टीका सांसद धेरै हुने भन्ने जानकारी छैन । कतिपय राजनीतिक दल र स्वतन्त्र गरी ११ हजार भन्दाबढी निर्वाचनमा होमिएका थिए । तर, संघ र प्रदेश गरी जम्मा ४९५ जना सांसदको आवश्यकता पर्छ । तीमध्ये, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जसपा, लोसपा, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, नेमकिपा, जनमुक्तिपार्टी, उन्मुक्ति पार्टी जस्ता राजनीतिक दलहर संघ र प्रदेश निर्वाचनमा होमिरहँदा अहिलेसम्म मतपरिणाम आइसकेको छैन । र, केही दिनभित्रै निर्वाचनको परिणाम आउने देखिन्छ ।
प्रायजसो ठुला पार्टी र साना पार्टी गरी संघ प्रदेशमा कति सिट हासिल गर्छन् यो भने यकिन भइसकेको छैन । ८२५ जना नयाँ सांसदले संसद प्रवेश गरीसकेपछि संसदमा कस्तो भूमिका खेल्ने हुन् भन्ने कोहुलता नेपाली जनतामा छाएको छ । अहिलेकै वर्तमान सरकारको अवस्था दोहोरिने हो कि नयाँ भिजन, नयाँ जोस जागर लिएर संसदमा छिर्ने हुन् भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन । कतिपय राजनीतिक दलका नेतादेखि बुद्धिजीवीहरुले पनि आगामी सरकार कुन पार्टीको नेतृत्वमा सरकार बन्ने हो ? कस्तो सरकार बन्छ ? अहिलेसम्म यकिन भइसकेको अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *