एनएमबी बैंकको ‘मान्यजन बचत खाता’ मा उच्च ब्याज

समाचार

काठमाडौं । एनएमबी बैंकले एनएमबी मान्यजन बचत खातामा सर्वाधिक ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई मध्यनजर गरेर घोषणा गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकका अनुसार यो खातामा ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराइनेछ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *