नापी र मालपोतमा कर्मचारीको करोडौंकोे सेटिङ्ग

राजनीति समाचार

काठमाडौं । मन्त्री,सचिव,महानिर्देशक,मन्त्रीको सचिवालयदेखि विचौलियासम्मलाई कुस्त भेटी बुझाउन सक्ने कर्मचारीहरुलाई कसरी रोजे खोजेकै कार्यालयमा टिकिरहनसक्छन भन्ने उदाहरण खोज्न भूमिसुधार मन्त्रालयतिर हेरे पुग्छ । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका नासु यदुनाथ अचार्य यस्ता जब्बर सुव्वा हुन,जो तीन महिना पछि पुन भक्तपुर नै फर्किन सफल भएका छन् ।

यस अघि सरुवा भएर डिल्लीबजार मालपोत पुगे । सरुवा भएको ठाउँमा जान अटेर गरिरहेका उनी अदालतको शरणमा पुगे उच्च अदालत पाटनले उनले माग गरे अनुसारको अन्तरिम आदेश दिन इन्कार गरेको थियो । भूमि व्यवस्था तथा अभिलेख विभागले गत असोजमा गरेको सरुवा बदरको माग गर्दै यदुसहितका कर्मचारीहरु उच्च अदालत पाटनमा पुगेका थिए ।

तर उच्च अदालतका न्यायधीशद्धय श्यामकुमार भट्टराई,दुर्गाप्रसाद ढुङ्गेलले ती कर्मचारीहरुले माग गरे अनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागबाट गत असोज १४ गते सरुवा गरेको थियो । उक्त सरुवा हुँदा सुगम कार्यालयबाट सुगममा खटाइएका,काठमाडौं उपत्याकाभित्रै सरुवा गराइएको भन्दै सरुवा वदर गर्न माग गरिएको थियो । सरुवा वदरको माग राख्दै मालपोत कार्यलय भक्तपुरका अधिकृत यदुनाथ आचार्यसहित ९ जनाले भूमि व्यवस्था तथा अभिलेख विभागलाई प्रतिवादी बनाउँदै दायर गरेको मुद्धामा उच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको हो ।

यी कार्यालयमा फर्कनका लागि नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमार साह तेली लागिपरेका छन् । उनी केही दिनदेखि काठमाडौंमा बसिरहेका छन् । उनले दिनहुँजसो मन्त्रालयमा आउने र उच्चतहका कर्मचारीसँग भेट्ने गरेका छन् ।

उनी एक बर्षअघिसम्म ललितपुर नापी कार्यालयमा कार्यरत थिए । उनले नापी कार्यालयमा नांगो ढंगले घुस संकलन गर्न थालेपछि अख्तियारले उनी मातहतका ३ भन्दा बढी कर्मचारीलाई लाखौं घुस लिंदालिंदै नियन्त्रणमा लिएको थियो । उनले ललितपुरका जग्गा कारोबारीहरुसँग घुसमा घडेरी नदिएसम्म कामै नगरी झुलाउने र दुःख दिएर हैरान पार्ने काम गरेका थिए ।यस्तै दमक नापी कार्यालयबाट शत्रुधन सिंह यादव काठमाडौं फर्कन जोडबल गरिरहेका छन् । यी दुईले अहिले ललितपुर, भक्तपुर, चावहिल र कलंकीका हाकिमहरु परिवर्तन गरेर भए पनि ती स्थानमा फर्कनमा लागि जोडबल गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *